ललितपुर, समाजसेवामा निरन्तर क्रियाशील अछाम–टिकाथली सेवा समाज, ललितपुरले लाइफलाइन अछाम द्वारा सञ्चालित "Blood For Achham" रक्तदान अभियानलाई आवश्यक टी-शर्ट उपलब्ध गराएर सहयोग गरेको छ। समाजले जनाए अनुसार, “परोपकारी समाज सेवामा सक्रिय लाइफलाइन अछामलाई अभियानको निरन्तरता र थप उत्साह प्रदान होस् भन्ने उद्देश्यले टी-शर्ट सहयोग गरिएको हो।” अछाममा निरन्तर रगत अभावका कारण ज्यान गुमाउने समस्या न्यूनीकरण गर्न लाइफलाइन अछाम सक्रिय रूपमा कार्यरत रहँदै…