मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बयालपाटा अस्पताल देशकै नमुना हो, यसको दिगोपनाका लागि पहल गर्छु : मन्त्री कुवँर

बयालपाटा अस्पताल देशकै नमुना हो, यसको दिगोपनाका लागि पहल गर्छु : मन्त्री कुवँर


अछाम । माननिय श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शेर बहादुर कुवँरले बयालपाटा अस्पतालको निरक्षण भम्रण गरेका छन् । मन्त्री भएपछि गृह जिल्ला अछाम पुगेको अवसरमा कुवँरले अस्पतालको निरक्षण तथा अवलोकन गरेका हुन् ।

अस्पतालको अवस्थाका बारेमा जानकारी लिदैँ मन्त्री कुवँरले अस्पतालको सेवा दिर्घकालिन रुपमा संचालन गर्न संघिय सरकारमा समेत आफ्नो तर्फबाट आर्थिक व्यावस्थापनका लागि पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

निशुलक रुपमा सबै प्रकारका सेवा प्रदान गर्ने बयालपाटा अस्पताल देशकै नुमना अस्पताल भएको भन्दै मन्त्री कुवँरले यसलाई दिर्घकालिन रुपमा संचालन गर्न सक्दो पहल गर्ने बताएका हुन् ।

अस्पतालले अछाम मात्रै नभई छिमेकी जिल्लाका जनतालाई पनि सेवा प्रदान गरिरहेकाले सबै क्षेत्रबाट सहयोग हुनुपर्ने उनको भनाई थियो । अस्पतालको बारेमा आफु पहिले देखि नै चिन्तित रहेको भन्दै मन्त्री कुवँरले स्वास्थ्य मन्त्री संग सल्लाह गरेर अस्पतालको दिगोपनाका लागि पहल गर्ने प्रतिबद्धता व्यक्त गरे ।

न्याय हेल्थ नेपालको व्यावस्थापनमा संचालित बयालपाटा असपतालले प्रदान गरिरहेको सेवा, प्रदेश मातहतमा ल्याउन भईरहेको पहल लगायतका बिषयमा अस्पतालका मेडिकल तथा शल्यचिकित्सा निर्देशक डाक्टर मन्दीप पाठकले मन्त्रीलाई जानकारी गराएका थिए ।