मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सिटिजन लाइफ इन्स्योरेन्स बिरेन्द्रनगर शाखा द्वारा मृत्यु दाबी रकम हस्तान्तरण 

सिटिजन लाइफ इन्स्योरेन्स बिरेन्द्रनगर शाखा द्वारा मृत्यु दाबी रकम हस्तान्तरण 


अछाम । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड बिरेन्द्रनगर शाखा द्वारा मृत्युु दाबी रकम हस्तान्तरण गरिएको छ ।

सिटिजन लाइफ र ग्रामीण जागरण बचत तथा ऋण सहकारी सस्था बिच भएको ऋणिहरुको बिमा सम्झौता सिटिजन सुरक्षा योजना अन्तर्गत ८ लाख ऋण रकम (इन्स्योरेन्सको लागि रु.४,९२० बुझाउनु भएको) बापतको ८ लाख बिमांक रकम र काजकिरिया खर्च ४५ हजार रुपैयाँ गरि जम्मा रकम ८ लाख ४५ हजार रुपैयाँ मृतक राम बहादुर ठाडा मगर कि श्रीमती भिम कुमारी ठाडा लाई उहाकै घरमा गएर उक्त रकम हस्तान्तरण गरिएको हो ।

बिमा रकम हस्तान्तरण कार्यक्रम मा बिरेन्द्रनगर नगरपालिका वडा न १३ का वडा अध्यक्ष, सहकारी सस्थाका सम्पुर्ण कर्मचारी, सस्थापक तथा सिटिजन लाईफका क्षेत्रीय शाखा प्रमुख जीवन कुमार धामी, बिरेन्द्रनगर शाखा प्रमुख नम बहादुर खड्का लगायत स्थानियहरुको उपस्थिति रहेको थियो । क्षेत्रीय शाखा प्रमुख जीवन कुमार धामी ले आगामी दिनमा सम्पुर्ण कागजात समयमै उपलब्ध भए ३/४ दिनमै दाबी रकम हस्तान्तरण गर्न सकिने बताउनु भयो ।

कार्यक्रमा वि.न.पा. वडा न १३ का वडा अध्यक्षले भन्नुभयो, बिमा भ्रम लाग्थ्यो तर यो कार्यक्रम मार्फत सिटिजनले मृतकको ८ लाख ऋण रकम र काजकिरिया ४५ हजार ले दुखको बेला मलम मात्रै लाउने काम गरेन ऋण मुक्त समेत गरेको देख्दा एकदमै खुसी महसुस भएको छ ।