कला साहित्य / मनोरञ्जन

भिम बिस्ट्द्वारा निर्देशित गीत ‘मामा घर ’ सार्वजनिक ( भिडियो सहित ) 

धनगढी, नेपाली नारीहरुको पर्व तीज नजिकिदै गर्दा । बजारमा तीज सम्बन्धी गीतहरु सार्वजनिक हुन् थालिएका छन ।यसैक्रममा गायिका हेमन्ता भट्टराईले तीज गीत ‘मामा घर ’को भिडियो सार्वजनिक गरेकि छिन् ।

बुधबार धनगढी को साहित्य समाजमा गरिएको आदि कवि भानुभक्त आचार्यको २०९ औं जन्मजयन्ती २०८९ विशेष कार्यक्रममा उनले तीज गीत ‘मामा घर ’को भिडियो सार्वजनिक गरेकि हुन्।

मौलिक तथा पारिवारिक कथामा समेटिएको गीत ‘‘मामा घर ’मा हेमन्ता भट्टराई ,बाल गायक सुप्रीम मल्ल ठकुरी र प्रीयंका शर्माको आवाज रहेको छ। गीतमा शब्द ,संगीत हेमन्ता भटराईकै रहेको छ ।यो विशुद्ध मनोरञ्जन तथा मौलिक सस्कार झल्किने गरि गीत तयार गरिएको छ।

गीतमा विवाह गरेर गइकी दिदी र बहिनी बीचको कथा ब्यक्त गरेको छ । कला सस्कृति ,र मौलिक सस्कार झल्किने गरि गीत तथा भिडियो निर्माण गरिएको छ ।

गीतको म्युजिक भिडियोमा कल्पना ढुंगाना ,झरना बोहरा ,अनु खड्का, कविता खड्का, कोपिला सिंह ,प्रियंका कुँवर ,पुष्प बडैला र लक्ष्मी आशिक लगायतको जोडदार अभिनय तथा नृत्य देख्न सकिन्छ।

धनगढीमै छायाँकन गरिएको सार्वजनिक गरिएको गीतको भिडियोमा निर्देशन भिम बिष्ट आछमि रेखाको रहेको छ । अमृत उपाध्यको छायांकन रहेको भिडियोलाई महेन्द्र बिष्टले सम्पादन गरेका हुन् । सो गीत गायिका भट्टराईको हेमन्ता भट्टराई युटुब चाइनलबाट सार्वजनिक गरिएको छ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

प्रज्ञा फिल्मस्को व्यानरमा टेलिचलचित्र ‘माया’
लक्ष्मी शर्माको छाउपडीको व्याथा बोकेको लिलु सार्वजनिक (भिडियो सहित)
गणेश रावलको खेलाडी सार्वजनिक (भिडियो सहित)
आजदेखि हलमा भोजपुरी फिल्म ‘रण’