मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अछामको जनसंख्या घट्दो क्रममा : स्वास्थ्य कार्यालय अछाम

अछामको जनसंख्या घट्दो क्रममा : स्वास्थ्य कार्यालय अछाम


अछाम : जिल्लाको पछिल्लो समय जनसंख्या घट्दो क्रममा रहेको तथ्यांकले देखाएको छ । २०६८ को जनगणना भन्दा २०७८ को जनगणना सर्बेक्षण अनुशार अछामको जनसंख्या –१.०९ प्रतिशतले घट्दो क्रममा रहेको पाईएको हो ।

अन्तर्राष्ट्रिय जनसंख्या दिवसको अवसरमा भएको सरोकारवालाहरुसँगको अन्तरक्रिया कार्यक्रममा स्वास्थ्य कार्यालय अछामका वरिष्ठ जन स्वास्थ्य अधिकृत झनकराज ढुंगानाले २०६८ सालको जनगणनामा २ लाख ५८ हजारको हाराहारिमा जनसंख्या थियो भने २०७८ सालको जनगणनामा अछामको जनसंख्या घटेर २ लाख २८ हजारमा पुगेको जानकारी दिए ।

विशेष गरि जिल्लाबाट निरन्तरको बसाइँसराई, रोजगारिको सिलसिलामा पुरुषहरु बिदेशमा हुनु, बच्चा जन्माउनेको सङ्ख्यामा कमि आउनु प्रमुख कारण रहेको उनको भनाइ छ । जनसंख्या तथ्यांकमा घटदो क्रममा भएपनि अछाममा अझै पनि परिवार नियोजनका साधन प्रयोगकर्ताको संख्या न्यून रहेको ढुंगानाले बताए । आगामी दिनमा परिवार नियोजन भन्दा पनि योजनामा सबैले जोड दिदै जानुपर्ने बताए ।

स्वास्थ्य कार्यालय अछामको आयोजना तथा युएनएफपिए र फाया नेपालको सहयोग तथा समन्वयमा भएको कार्यक्रममा युएनएफपिए अछामका प्रमुख भरत गोतामेले विश्वको जनसंख्यालाई हेर्दा नेपालमा समेत बृद्धिदर बढदै गएकाले हरेकले सचेत रहनु पर्ने बताए । स्वास्थ्य तथा शिक्षामा बिशेष जोड दिदै हरेक संचारकर्मिलाई पहुच नपुगेको बर्गसम्म सुचना पुर्याउन आग्रह गरे ।

अन्तरक्रिया कार्यक्रममा नेपाल पत्रकार महासंघ अछामका अध्यक्ष खम्म खत्रीले मन्तव्य राख्दै सहि सुचना हरेक नागरिकसम्म पुर्याउन संचारकर्मि प्रतिबद्ध रहेको बताए ।

जिल्ला स्थित संचारकर्मि, जिल्ला अस्पतालका स्वास्थ्यकर्मिको सहभागीता रहेको कार्यक्रमको संचालन जनस्वास्थ्य अधिकृत झपटराज ढुंगानाले गरेका थिए ।