मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल बङ्ग‌लादेश बैंक चैनपुर शाखाद्धारा बिद्यालय तथा क्याम्पसमा खानेपानीका समाग्री वितरण

नेपाल बङ्ग‌लादेश बैंक चैनपुर शाखाद्धारा बिद्यालय तथा क्याम्पसमा खानेपानीका समाग्री वितरण


बझाङ : नेपाल बङ्ग‌लादेश बैंक चैनपुर शाखाले जिल्लाका बिभिन्न ६ बिद्यालयमा सरसफाई तथा खानेपानी सम्बन्धीमा सामाग्री बितरण गरेको छ ।

सामाजिक कार्य प्रति उत्तरदायी हुदैँ बैंकले यसअघिका बर्ष झै यसबर्ष पनि सामुदायिक तथा सरकारी बिद्यालयहरुलाई खानेपानी सम्बन्धी सामाग्री बितरण गरेको नेपाल बङ्ग‌लादेश बैंक चैनपुर बझांग शाखा प्रबन्धक प्रकाश खड्काले बताए । बैंकले जिल्लाको जयपृथ्बी नगरपालिका भित्रका विभिन्न ६ वटा बिद्यालय रक्याम्पसहरुमा सो सामाग्री वितरण गरेको उनले बताए ।

शाखा प्रबन्धक खड्काका अनुसार जयपृथ्बी बहुमुखी क्याम्पस, पान्डु माध्यामिक विद्यालय, बाल बिकास माध्यामिक विद्यालय, भवानी माध्यामिक विद्यालय, नमुना आधारभुत विद्यालय र भवानी आधारभुत विद्यालयलाई तातो चिसो पानी खानमिल्ने वाटर डिष्पेन्सर र प्लाष्टिक पानीका जार लगायतका सामाग्री बितरण गरिएको हो ।

नेपाल बङ्ग‌लादेश बैंक चैनपुर शाखा प्रबन्धक प्रकाश खड्काले उक्त सामाग्री बिद्यालयका प्रधानाध्यापक र क्याम्पस प्रमुखलाइ हस्तान्तरण गरे । सामाग्री हस्तान्तरण कार्यक्रममा बोल्दै शाखा प्रबन्धक खड्काले बैंकले यश अघि पनि सामाजिक कार्यमा सहयोग गर्दै आएको र आगामी दिनहरुमा पनि सहयोग कार्य जारी राख्ने प्रतिबद्धता व्यक्त गरे ।

बिद्यालयका प्रधानाध्यापक तथा क्याम्पस प्रमुखले बिद्यालयलाई सामाग्री हस्तान्तरण गरेकोमा बिद्यालयको तर्फबाट हार्दिक आभार व्यक्त गरे । साथै उनिहरुले चाँडै नबिल बैक संग एकिकृत कारोबार सुरु गर्न गइरहेको नेपाल बङ्गलादेश बैंकलाई आगामी एकिकृत कारोबारको सफलताको शुभकामना समेत दिए ।

नबिल बैक र नेपाल बङ्गलादेश बैक लि. बिच यहि असार २७ गते सोमबारबाट एकिकृत कारोबार नबिल बैकको नामबाट गर्दैछन् ।