मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कडा सुरक्षाबीच बुढीगंगामा पुन: मतदान सुरु

कडा सुरक्षाबीच बुढीगंगामा पुन: मतदान सुरु

सुदूर आज

बाजुरा — बाजुराको बुढीगंगा नगरपालिकाका १० वटै वडाका १० मतदानस्थल तथा १९ मतदान केन्द्रमा पुन: मतदान सुरु भएको छ । सबै मतदानस्थलमा सुरक्षा व्यवस्था अत्यन्तै कडा पारिएको छ । 

सेना, सशस्त्र, नेपाल प्रहरी र राष्ट्रिय अनुसन्धानसहितका करिब १ हजार २ सय सुरक्षाकर्मी परिचालन गरिएको छ ।

यसअघि गत वैशाख ३० को मतदानका क्रममा सुरक्षा व्यवस्था फितलो भएकाले निष्पक्ष र स्वतन्त्र मतदान हुन नसकेपछि निर्वाचन आयोगले पुनः मतदानको निर्णय गरेको थियो ।

यसअघिको मतदानका क्रममा १० मध्ये ६ वटा मतदानस्थलमा एमाले र कांग्रेस कार्यकर्ताहरूले बुथ कब्जा गरेपछि मतदान रोकिएको थियो । बेलामा चुनाव हुन नपाउँदा बुढीगंगाले जनप्रतिनिधि चयन र बजेट ल्याउन पछि परिसकेको छ ।