मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

क्यान्सरका ७३ प्रतिशत बिरामीको रोग धेरै ढिला पहिचान हुने

क्यान्सरका ७३ प्रतिशत बिरामीको रोग धेरै ढिला पहिचान हुने


काठमाडौं- मंगोलियामा सन् २०२१ मा पाँच हजार ९८१ जनाको क्यान्सर पहिचान गरिएको छ। राष्ट्रिय तथ्यांक कार्यालयलाई उद्धृत गर्दै स्थानीय सञ्चारमाध्यमले बुधबार लेखेको समाचार अनुसार क्यान्सर पहिचान भएकामध्ये ७३ प्रतिशतको रोगको पहिचान धेरै ढिला हुने गरेको पाइएको छ। 

क्यान्सर लागेको हो भन्ने पहिचान भएकामध्ये ६० प्रतिशत विरामीको एक बर्षमा निधन हुने गरेको पनि विवरण छ। 

अघिल्लो वर्ष सोही अवधिमा चार हजार ५५९ जनाको क्यान्सर पहिचान गरिएको थियो। करिब ३४ लाख जनसङ्ख्या रहेको यस मुलुकमा मे महिनादेखि देशव्यापी स्वास्थ्य परीक्षण अभियान चलाइएको छ। 

गम्भीर प्रकृतिका रोगबाट धेरै मानिस ग्रसित भएको सूचनाका आधारमा उनीहरूको उपचार तथा न्युनिकरण गर्ने उद्देश्यले देशव्यापी परीक्षण अभियान चलाइएको अधिकारीहरुले जनाएका छन्। 

क्यान्सरलाई बेलैमा पहिचान गर्न सकियो भने रोकथाम पनि गर्न सकिन्छ। क्यान्सरका लक्षण देखिए भने पनि आत्तिइ हाल्नु हुँदैन तर नियमितरूपमा जाँच र चिकित्सकको परामर्स भने लिनु पर्छ।

लक्षणहरु :

दुखाइ : शरीरको कुनै पनि अङ्ग वा भागमा निरन्तर दुखाइ महसुस भयो भने यसलाई वेवास्ता नगर्नुस्। पेन किलर खाएर दुखाइ कम गर्ने मुर्खता पनि नगर्नुस्। महिलामा हुने स्तन क्यान्सर शुरुमा पत्ता लगाउन निक्कै गाह्रो हुन्छ।

ज्वरो : ज्वरो आउनु पनि शरीरमा सञ्चो नभएको सङ्केत हो। नियमितरूपमा ज्वरो आउनु पनि क्यान्सरको लक्षण हुन सक्छ। क्यान्सर रोग लाग्ने समयमा विभिन्न प्रकारले लामो समय सम्म ज्वरो आउने समस्या हुन सक्छ। कहिले काँहि सिजलन ज्वरो आएको भनेर लापर्वाही गर्दा गम्भिर समस्या पनि हुन सक्छ।

दुब्लाउँदै जानु वा वजन कम हुनु : यदि तपाइँ एकाएक दुब्लाउन थाल्नु भो वा शरीरको बजन १ वा डेढ सातामै १० प्रतिशत सम्म कम भएमा तत्काल जाँच गराउनुस्। कुनै शारीरक अभ्यास नै नगरीकन तौल घट्नु वा दुब्लाउनु राम्रो सङ्केत होइन। डाइटिङ नै गर्दा पनि एकाएक तौल घट्नु राम्रो सङ्केत होइन।

थकान : जतिबेला पनि थकान र कमजोर अनुभव गर्न थाल्नु भो भने बुझ्नुस् शरीर अस्वस्थ छ। क्यान्सरका शुरुवाती लक्षणमा थकान र कमजोर हुनु पनि पर्छन्। खासगरी चुरोट वा खैनी सेवन गर्नेहरूलाई यसमा विशेष ध्यान दिनु पर्छ। कतिपय अवस्थामा रक्तचाप कम हुँदा पनि थकाइ लाग्ने र कमजोर महसुस हुने हुन्छ।

तनाव : जतिबेला पनि तनाव हुन्छ। दिशा र पिसावको रंग बदलिएको छ भने सतर्क बन्नुस्। यस्तो अवस्थामा सके सम्म छिटो डाक्टरकोमा जानु राम्रो हुन्छ। अधिकाँश मानिस ब्यस्त जीवन नै तनावको कारण भन्ने ठान्छन् तर कहिले काँही यस्तो हुनु गम्भिर समस्याको सङ्केत हुन सक्छ। क्यान्सका लक्षण मध्ये अत्याधिक तनाव र शरीर चिलाइरहने समेत पर्छन्।