मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

भौतिक संरचनाको निर्माण र शैक्षिक क्षेत्रमा गुणस्तर ल्याउन प्रतिबद्द छु : अध्यक्ष साउद

भौतिक संरचनाको निर्माण र शैक्षिक क्षेत्रमा गुणस्तर ल्याउन प्रतिबद्द छु : अध्यक्ष साउद


अछाम : जिल्लाको रामारोशन गाउँपालिकाका अध्यक्ष मान बहादुर साउदले आफ्नो कार्यकालको प्राथमिकता भनेकै रामारोशन क्षेत्रको भौतिक संरचनाको निर्माण र शैक्षिक क्षेत्रमा गुणस्तर ल्याउने रहेको बताएका छन् ।

रामारोशन गाउँ पालिका वडा न ४ बाटुलासेनमा रहेको जनजागृति आधारभूत विद्यालयको २ कोठे भवनको शिलान्यास गर्दै अध्यक्ष साउदले जब सम्म शिक्षा क्षेत्रमा राम्रो लगानी हुदैन तबसम्म समुन्नत समाज सचेत नागरिक र समृद्ध समाज निर्माण गर्न नसकिने बताए ।

समाज रुपान्तरणको पहिलो पाठशाला भनेकै शिक्षा हो जहाँ शिक्षित व्यक्ति हुन्छ त्यहाँको समाजको सामाजिक, आर्थिक र अन्य समग्र विकास राम्रो हुने बताए । यसका लागि आफू र गाउँपालिका सरकार कतिबद्द रहेको अध्यक्ष साउदले बताए ।

भवन शिलान्यास कार्यक्रममा रामारोशन गाउँ पालिका वडा न. ४ का वडा अध्यक्ष तर्कराज न्यौपाने नेपाली कांग्रेसका युवा नेता पुष्प बिष्ट पुर्व वडा अध्यक्ष केश ब बटाला विद्यालयका प्रधानाध्यापक नेत्र शाह वडा सदस्य सरस्वती बटाला, भुवन बिष्ट , उपेन्द्र बिष्ट नेकपा एमाले का प्रतिनिधि क्षेत्र शाह नेपाली कांग्रेस का प्रतिनिधि ललिचन बटाला लगायतको सहभागीता रहेको थियो ।

साथै उक्त कार्यक्रममा नै गाउँ पालिका अध्यक्ष मान बहादुर साउदले जनजागृति आधारभूत विद्यालय लाई एक सेट वाईफाइ पनि हस्तान्तरण गर्नु भएको पुष्प बिष्टले बताए।