मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

आजदेखि पर्सिसम्म नै वर्षाको सम्भावना, सातै प्रदेशका केही ठाउँमा ठूलो पानी पर्ने

आजदेखि पर्सिसम्म नै वर्षाको सम्भावना, सातै प्रदेशका केही ठाउँमा ठूलो पानी पर्ने

सुदूर आज

काठमाण्डाै – आजदेखि पर्सिसम्म नै देशका धेरै ठाउँमा पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् । मौसमविद् सजिना शाक्यका अनुसार यो समयमा सातै प्रदेशका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ ।

आजदेखि पर्सिसम्म नै पानी पर्ने र केही ठाउँमा ठूलो वर्षासमेत हुने भएकाले बाढी पहिरोको जोखिम धेरै रहेको उहाँले बताउनुभयो । उहाँका अनुसार अहिले देशैभर मनसुनी वायुको प्रभाव छ भने मनसुनको न्यून चापीय रेखा नेपालको तराई क्षेत्र नजिक आइपुग्ने सम्भावना रहेकाले मनसुन थप सक्रिय हुनेछ । यसले गर्दा पर्सीसम्म नै वर्षा हुने अनुमान गरिएको हो ।

राति पनि ठूलो पानी पर्ने भएकाले जोखिम अझै बढेको छ । भिरालो जमिन र नदी आसपासका क्षेत्रमा बस्नेलाई सावधानी अपनाउन मौमविद्ले आग्रह गर्दै आएका छन् । यसपालिको वर्खामा औसत भन्दा बढी पानी पर्ने भएकाले पनि बाढी पहिरोको जोखिम धेरै छ । प्रि मनसुनमा नै औसत भन्दा धेरै वर्षा हुँदा धेरै ठाउँमा पहिरो गएको थियो ।