मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बान्नीगढी जयगढ गाउँपालिकाद्वारा ३५ करोड २० लाख ९१ हजारको बजेट प्रस्तुत

बान्नीगढी जयगढ गाउँपालिकाद्वारा ३५ करोड २० लाख ९१ हजारको बजेट प्रस्तुत

सुदूर आज

अछाम : जिल्लाको बान्नीगढी जयगढ गाउँपालिकाले आगामी आर्थिक बर्ष २०७९।८० का लागी ३५ करोड २० लाख ९१ हजार रुपैयाँ बराबरको बजेट प्रस्तुत गरेको छ । गाउँपालिका उपाध्यक्ष बिन्दु रावले प्रस्तुत गरेको वार्षिक बजेट अनुसार प्रशासनिक खर्च तर्फ ८ करोड बजेट विनियोजन गरिएको छ ।

विकासे बजेट तर्फ जयगढ बजारमा मिटर प्रविधि सहित खानेपानी बितरण योजनालाई प्राथमिकतामा राख्दै ८० लाख रुपैयाँ बिनियोजन गरिएको छ । बाल विकास सहजकर्तालाई मासिक रुपमा ७ हजार रुपैयाँ उपलव्ध गराउने व्यवस्थालाई बजेटमा निरन्तरता दिईएको छ ।

बयालपाटा अस्पतालका लागी ५ लाख , गाउँपालिकाको भ्याकुलोडर खरिदका लागी ५० लाख ,अध्यक्ष युवा स्वरोजगार कार्यक्रमका लागी ३० लाख बजेट विनियोजन गरिएको छ ।

शाखागत बजेटमा स्वास्थ्य तर्फ ५० लाख,शिक्षा तर्फ १ करोड ३५ लाख,कृषि तर्फ ३५ लाख,पशु तर्फ २५ लाख,खानेपानी तथा सरसफाइ तर्फ १० लाख,महिला तथा बालबालिका तर्फ २५ लाख गरि २ करोड ८० लाख बजेट विनियोजन गरिएको छ ।

वडागत तर्फ क्रमशः वडा नम्बर १ का लागी १ र २ का लागी १८ लाख,वडा नम्बर ३ का लागी ३२ लाख, वडा नम्बर ४ का लागी १८ लाख वडा नम्बर ५ का लागी २७ लाख र वडा नम्बर ६ का लागी ३५ लाख बजेट विनियोजन गरिएको गाउँपालिका उपाध्यक्ष बिन्दु रावलले उल्लेख गरेकी छन् । असार २७ गते पुनः बस्ने गरि गाउँ अधिवेशन स्थगन गरिएको छ ।