मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

किटानी जाहेरी गरिएका व्यक्तीहरुलाई पक्राउ गर्नुपर्ने बिनोदका आफन्तको माग

किटानी जाहेरी गरिएका व्यक्तीहरुलाई पक्राउ गर्नुपर्ने बिनोदका आफन्तको माग


अछाम : अछाम जिल्लाको पञ्चदेवल बिनायक नगरपालिका वडा न ४ मा मृत अवस्थामा भेटीएका विनोद शाहीका आफन्त सहित बिनोदको न्यायका लागि संघर्ष समितीले पत्रकार सम्मेलन गरेको छ ।

पत्रकार सम्मेलनमा मृतकका आफन्तले किटानी जाहेरी गरिएका व्यक्तीहरुलाई प्रहरी प्रशासनले पक्राउ गर्नुपर्ने माग गरेका छन् । दोषी पत्ता लगाउन उनिहरुलाई पक्राउ गर्नुपर्ने उनिहको माग थियो ।

पिडित पक्षले घट्नामा संग्लग्न ब्यक्तिहरुको किटानी जाहेरी दिदा समेत उनिहरुलाई पक्राउ गर्न नसक्नु दुखद भएको विनोदका दाई बखत शाहीले बताए । उनिहरु भित्रैबाट दोषी पत्ता लाग्ने भन्दै उनिहरुले पहिले किटानी जाहेरी गरिएका व्यक्तीलाई पक्राउ गर्न शाहीले आग्रह गरेका छन् ।

मृतक विनोद शाहीका बुवा बल बहादुर शाहीले आफुलाई न्याय दिन अछाम प्रशासनलाई आग्रह गरेका छन् । आफ्नो १६ बर्षिय छोराको हत्या गरिएको दाबी गर्दै उनले आफ्नो छोरा सहित अन्य विनोदको यसरी हत्या नहोस भन्दै न्यायका लागी पहल गरिदिन जिल्लाका सरोकारवालालाई आग्रह गरेका छन्।

पत्रकार सम्मेलनमा एमाले अछामका अध्यक्ष चन्द्र बोहरा, सचिव भिम बहादुर रावल, संघर्ष समितीका सदस्य, बिनायकका स्थानिय राजनितिक दलका नेताहरुको समेत सहभागीता रहेको थियो ।