खेलकुद

मंगलसेन नगरपालिकामा राष्ट्रपति रनिङ शिल्डको छनोट प्रतियोगिता सुरु

अछाम : जिल्लाको सदरमुकाम रहेको मंगलसेन नगरपालिकामा १५ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताका लागि नगर स्तरिय छनोट प्रतियोगिता सुरु भएको छ । जिल्लाको अग्रणी शैक्षिक संस्था शोडषा माध्यमिक विद्यालयका प्राचार्य मदन बहादुर कुवरको अध्यक्षतामा भएको उदघाटन कार्यक्रममा नगरपालिका कार्यवाहक नगर प्रमुख बृख बहादुर बोगटी प्रमुख अतिथि रहेका थिए ।

प्रमुख अतिथि बोगटीले खेलकुदले हरेकलाई चिनाउने भएकाले खेलाडीलाई लगनशील भएर खेलप्रति प्रतिबद्ध भएर लाग्न आग्रह गरे। जिल्ला खेलकुद विकास समिति अछामका अध्यक्ष केशर खडका बिशिस्ट अतिथि रहनु भएको कार्यक्रममा शिक्षा बिकास तथा समन्वय ईकाई अछामका निमित्त प्रमुख मदन बिष्ट, मंगलसेन नगरपालिका शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख जगत बहादुर रावल लगाएतका अतिथि रहेका थिए ।

छनोट प्रतियोगितामा एथ्लेटिक्स तर्फ छात्र र छात्रा १००, २००, ४००, ८००, १०००, १५०० र ३००० दौड, छात्र र छात्रा रिले दौड, ज्यावलिङ्ग थ्रो तर्फ छात्र र छात्रा सर्ट फुट, हाईजम्प, लंगजम्प, त्रिपल जम्प र छात्र र छात्रा भलिबल छनोट प्रतियोगिता हुनेछ ।

नगरका ११ विद्यालयले प्रतियोगितामा सहभागीता जनाएका शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख जगत बहादुर रावलले जानकारी दिए । 

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

एसियाली खेलकुदका लागि बन्द प्रशिक्षण आजदेखि सुरु हुँदै
गुजरात र राजस्थानबीच आइपीएलको उपाधि भिडन्त आज
जिल्ला खेलकुद अछामको अध्यक्षमा केशर खड्का मनोनित
मंगलसेन नगरपालिकाले “मेयरकप पुरुष भलिबल प्रतियोगिता” गर्दै