प्रदेश समाचार

मंगलसेनमा “सही नीति, सक्षम नेतृत्व” विषयक एक दिने अन्तरक्रिया सम्पन्न

अछाम । सही नीति सक्षम नेतृत्व विषयक एक दिने अन्तरक्रिया कार्यक्रम मंगलसेनमा सम्पन्न भएको छ । जिल्ला युवा शसक्तिकरण समिति अछामको आयोजनामा कार्यक्रम गरिएको हो । जिल्ला युवा शसक्तिकरण समिति अछामका अध्यक्ष नयन सोडारीको अध्यक्षतामा भएको कार्यक्रममा साँफेबगर नगरपालिका उपप्रमुख शिव बहादुर कुवर (शिलोज) प्रमुख अतिथि रहेक थिए ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि कुवरले युवाहरुमा केही गर्ने दृढ ईच्छाशक्तिका साथ सकारात्मक बाटोमा अघि बढ्नुपर्ने बताए । साँफेबगर नगरपालिकाको तर्फबाट युवाको क्षेत्रमा सक्दो सहयोग गर्ने उल्लेख गर्दै उपप्रमुख कुवरले युवाहरुले निश्चित कार्यक्रम र योजनाका साथ पालिकामा गएमा सबै पालिकाबाट सकारात्मक सहयोग रहनेमा जोडदिए ।

कार्यक्रमका विशिष्ट अतिथि बान्निगढी जयगढ गाउँपालिका उपाध्यक्ष बिन्दु रावलले युवाहरु पक्षमा बजेट बिनियोजन गर्न र योजना तथा कार्यक्रमहरु ल्याँउन आफु प्रतिवद्द रहेको बताइन् । कार्यक्रमका अतिथि भुमि आयोग अछामका अध्यक्ष खडक बिष्टले देश निर्माणका संवाहक युवाहरु नै भएकाले सबै तहका सरकारले युवामैत्री बन्नुपर्ने उल्लेख गरिन् ।

कार्यक्रमका अध्यक्ष तथा युवा शसक्तिकरण समिति अछाका अध्यक्ष नयन सोडारीले कार्यक्रमको बारेमा जानकारी गराउँदै समितिले आगामी दिनमा सबै स्थानीय तह र युवा संजाल तथा अन्य युवाहरुसंगको सहकार्यलाई प्रमुख रुपमा अगाडी बढाउँने बताए । कार्यक्रममा सहभागी युवाहरुले युवा शसक्तिकरण समितिका बारेमा राखेका जिज्ञासाको जवाफ दिँदै आगामी दिनमा युवाहरुसंगै समिति अगाडी बढ्ने उल्लेख गरे ।

कार्यक्रमका अतिथि जिल्ला युवा संजालका पूर्व अध्यक्ष तथा सल्लाहकार संयोजक होम साउदले स्थानीय तह र युवा शसक्तिकरण समिति अछामले युवाहरुको व्यक्तित्व, नेतृत्व र क्षमता विकास गर्दै उद्यमशिलता श्रृजना गर्न जोड दिनुपर्ने बताए । यस्तै जिल्ला युवा संजालका अध्यक्ष कमल रावलले जिल्ला युवा संजाल युवा शसक्तिकरण समिति अछामसंग सहकार्य गर्दै कार्य गर्न तयार रहेको बताए ।

बिभिन्न क्षेत्रबाट सहभागी युवाहरुले अन्तरक्रियात्मक जिज्ञासा तथा सुझाव राखेको अन्तरक्रिया कार्यक्रममा युवा शसक्तिकरण समिति अछामका सदस्य कमल थापाले स्वागत मन्तव्य राख्नुभएको थियो भने सञ्चालन सदस्य पुजा बुढाले गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

चौरपाटिमा १९ औं राष्ट्रिय धान दिवस तथा रोपाइ महोत्सव मनाइयो 
निशुल्क स्वास्थ्य सेवा दिईरहेको बयालपाटा अस्पताल संचालनका लागि आगामी आर्थिक बर्षमा ७ करोड अपुग हुने
उत्कृष्ठ नम्बर ल्याउनेलाई एक महिनाको सेवा सुविधा प्रदान गर्ने अध्यक्ष वीसीको घोषणा
यौनिकता शिक्षा कार्यक्रम सम्बन्धी समिक्षा तथा योजना तर्जुमा साँफेबगरमा सम्पन्न