मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नगरपालिका बन्द हुदाँ जनतालाई सास्ती भयो : निमित्त प्रमुख प्रशासकीय अधिकृत माझी

नगरपालिका बन्द हुदाँ जनतालाई सास्ती भयो : निमित्त प्रमुख प्रशासकीय अधिकृत माझी


अछाम : बिनायकको कालिका स्थानमा भएको घट्नाले गर्दा पञ्चदेवल बिनायक नगर कार्यपालिकाको कार्यालय १२ दिन देखि बन्द रहेको छ । कार्यालय बन्द हुदाँ सेवाग्राहीले निकै सास्ती भोग्नु परेको छ भने नगरबासीका व्यक्तीगत घट्नाका साथै दैनिक कामकाज समेत प्रभावित भएका छन् ।

असारको महिना बढी आर्थिकका काम हुने महिना भएपनि कार्यालय बन्द हुदाँ विकासे योजनाको भुक्तानी, अन्य कामहरुको भुक्तानी समेत हुन सकेको छैन् भने नयाँ आर्थिक बर्ष २०७९/८० को लागि छनोट गर्नुपर्ने योजना, निति तथा कार्यक्रम र बजेट समेत प्रभाबित हुने देखिएको नगरका निमित्त प्रमुख प्रशासकीय अधिकृत पदम बहादुर माझीले बताए ।

असार १० गते भित्र आगमी आर्थिक बर्षका लागि निति तथा कार्यक्रम संगै बजेट प्रस्तुत गरिसक्नु पर्ने बाध्यकारी नियम भएपनि कार्यालय बन्दले गर्दा सो काम समेत प्रभाबित हुन सक्ने अधिकृत माझीको भनाई छ ।

कार्यालय खुलाउने बिषयमा निर्वाचित वडाध्यक्ष संग सल्लाह गरेर यसको निकासका लागि पहल गर्ने उपप्रमुख हर्क बहादुर रावलले बताए । पहिले हामी छलफल गर्छौ त्यसपछि बिनायकका राजनितिक दलसंग समेत छलफल गरेर के कसरी यसको समाधान गर्न सकिन्छ त्यसमा पहल गर्ने उनको भनाई छ ।