मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अछामको सदरमुकाम रहेको मंगलसैन नगरमा एमालेको अग्रता

अछामको सदरमुकाम रहेको मंगलसैन नगरमा एमालेको अग्रता


अछाम । जिल्लाको सदरमुकाम रहेको मंगलसैन नगरपालिकामा नेकपा एमालेले अग्रता कायम राखेको छ । वडा नं। १३ र ५ को मतगणना सम्पन्न हुदाँ एमालेको अग्रता कायम देखिएको छ ।

एमालेको तर्फबाट मेयरका उम्मेद्धार पदम बोहराले वडा नं। १३ को मतगणना हुदाँ १ सय २८ मतले अग्रता लिएका थिए भने वडा नं। ५ को गणना हुदाँ नेपाली कांग्रेसका उम्मेद्धार नम बहादुर शाहीले ९ मतले अग्रता लिएका छन् ।

तर दुबै वडाको मत जोड्दा एमालेका उम्मेद्धारको मत कांग्रेसका उम्मेद्धारको भन्दा १ सय १९ बढी रहेको छ । अहिले वडा नं. १४ कालागाँउको मतगणना भईरहेको छ ।