मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

केन्द्रिय सदस्य एबम अछाम इञ्चार्जकै वडामा एमाले पराजित, माओवादी केन्द्रका थापा विजयी 

केन्द्रिय सदस्य एबम अछाम इञ्चार्जकै वडामा एमाले पराजित, माओवादी केन्द्रका थापा विजयी 


अछाम : नेकपा एमालेका केन्द्रीय सदस्य एवम् अछाम जिल्ला इञ्चार्ज झपट बोहराको वडामा एमाले पराजित भएको छ । बोहराको वडा बान्नीगढी जयगढ गाउँपालिका ६, दर्नामा गठबन्धनका तर्फबाट माओवादी केन्द्रका जगत बहादुर थापा वडाध्यक्षमा विजयी भएका छन् ।

थापासहित गठबन्धनको प्यानल विजयी भएको छ । उनले ६९९ मत प्राप्त गरेका छन् । निकटतम प्रतिद्वन्द्वी एमालेका उम्मेदवार चंखबहादुर रावतले ५२२ मत प्राप्त गरेका हुन् ।

सुदूरपश्चिम प्रदेश सरकारमा तत्कालीन माओवादीका तर्फबाट आर्थिक मामिला मन्त्री रहेका बोहरा माओवादीबाट एमाले प्रवेश गरेर अछाम जिल्ला इञ्चार्ज बनेका हुन् ।

जिल्ला अधिवेशनमा आफ्ना स्वकीय सचिव आदर्श साउदलाई पार्टी जिल्ला सचिवको उम्मेदवार बनाएका बोहराको त्यतिबेला चर्को आलोचना भएको थियो । बोहराको स्वकीय सचिव रहेका आदर्श साउदको वडा रहेको रामारोशन गाउँपालिकाको तालीमा ३०५ मतसहित नेकपा एमाले दोस्रो भएको छ ।

अघिल्लो निर्वाचनमा उक्त वडाबाट नेकपा एमालेले ३०० मत प्राप्त गरेको थियो । बोहराका स्वकीय सचिव साउदले ५ मत थपेको देखिन आएको छ । बान्नीगढी जयगढ गाउँपालिकामा नेपाली काँग्रेस, नेकपा एकीकृत समाजवादी र माओवादी केन्द्रबीच चुनावी तालमेल भएको हो ।