मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अछाममा लडेर घाईते भएका १ जनाको उपचारको क्रममा मृत्यु

अछाममा लडेर घाईते भएका १ जनाको उपचारको क्रममा मृत्यु


अछाम : अछाम जिल्लामा लडेर घाईते भएका एक जनाको जिल्ला अस्पताल अछाममा मृत्यु भएको छ ।

जिल्लाको ढकारी गाँउपालिका वडा नं. ५ का शेर बहादुर बुढाका ३५ बर्षिय छोरा जिते बुढाको उपचारको क्रममा मृत्यु भएको अछाम प्रहरीले जनाएको छ ।

ढकारी गाँउपालिकाको राक्सीखान भन्ने ठाँउबाट घर जानेक्रममा बाटो बाट १३ मिटर तल खसेर बुढा गम्भिर घाईते भएका थिए ।

बुढाको टाँउको चोट लाग्नुका साथै दायाँ खुट्टा समेत भाँचिएपछि उपचारका लागि उनलाई जिल्ला अस्पताल अछाममा पुर्याईएको थियो ।

उपचारको क्रममा उनको अस्पतालमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अछामले जानकारी दिएको छ ।