मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अछामका सरकारी कार्यालयमा २७ देखि ३० गते सम्म अत्यावश्यक बाहेकका सेवा बन्द रहने

अछामका सरकारी कार्यालयमा २७ देखि ३० गते सम्म अत्यावश्यक बाहेकका सेवा बन्द रहने


अछाम : आगामी वैशाख ३० गते शुक्रबारका दिन हुने स्थानीय तह निर्वाचनका कारण अछाम जिल्लामा २७ गते देखि ३० गते सम्म अत्यावश्यक बाहेकका सेवा बन्द रहने भएका छन् ।

जिल्ला प्रशासन कार्यालय अछाम सहित अन्य सरकारी कार्यालयहरुबाट प्रदान गरिने अत्यावश्यक बाहेकका २७ गते देखि ३० गते सेवा बन्द रहने जिल्ला प्रशासन कार्यालय अछामले जनाएको छ ।

३० गते शुक्रबारका दिन स्थानिय तह निर्वाचनको मतदान कार्य हुने हुदाँ प्रशासन सहित अन्य कार्यालयका कर्मचारीहरु निर्वाचन सम्बन्धी कार्यमा खटिनु पर्ने भएकाले २७ गते देखि नै आकस्मिक बाहेकका सेवा बन्द हुने प्रमुख जिल्ला अधिकारी बिश्वराज मरासैनीद्धारा जारी सार्वजनिक सुचनामा उल्लेख गरिएको छ ।