मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

गायक राजु लामाले विश्वकै अग्लो स्थानमा गीत गाएर रेकर्ड तोडे

गायक राजु लामाले विश्वकै अग्लो स्थानमा गीत गाएर रेकर्ड तोडे


काठमाडौं । गायक राजु लामाले पृथ्वीको अग्लो स्थानमा गीत गाएर रेकर्ड तोडेका छन् । जलवायु परिवर्तनबारे जनचेतना जगाउन सगरमाथा आरोहण अभियानका क्रममा रहेका उनले क्याम्प २ र क्याम्प ३ को बीचमा बसेर कन्सर्ट गरेका हुन् । 

उनले सोमबार समुद्री सतहबाट ६ हजार ५७४ मिटरको उचाइमा पुगेर गीत गाए । 

“३६ सयभन्दा माथिको उचाइमा गीत गाउन त्यति सजिलो छैन । यसअघि, ६ हजार ४७० मिटरमा मान्छेले गाएका रहेछन् । मैले चाहिँ ६ हजार ५७४ मिटर अग्लो स्थानमा मेरो रिलिज नभएको गीत गाएँ,” गायक लामाले अनुभव सुनाउँदै भने, “यो गीत त्यहाँ पुगेर गाउनुको मुख्य उद्देश्य अहिले संसारमा जलवायु परिवर्तनको असरप्रति ध्यानाकर्षण गराउनु हो ।” 

उनले सामाजिक सञ्जालमा पोस्ट गर्दै ‘हिमालले डाक्यो मलाई’लगायत ‘मंगोलियन हार्ट’को अन्य हिट गीतहरू पनि गाएको बताएका छन् । 

उनले सगरमाथाको क्याम्पबाटै जलवायु परिवर्तनलाई रोकथाम गरी आफ्ना सन्तानको भविष्यप्रति सचेत रहन र यो सुन्दर संसारलाई बचाउन सबैले प्रयास गर्न अपिल गरेका छन् ।