प्रदेश समाचार

नेपाली सेनाको भ्यान दुर्घटना हुदाँ ६ जना घाईते

अछाम : जिल्लाको साँफेबगर नगरपालिका वडा नं. ८ चण्डिकाको जमालगाँउमा नेपाली सेनाको गाडी दुर्घटना भएको छ ।

डोटी बाट कालिकोट तर्फ गईरहेको बा १ ग २४५३ नम्बर को भ्यान दुर्घटना हुदाँ ६ जना घाईते भएका छन् ।

स्थानिय तहको निर्वाचनको सुरक्षार्थ डोटीबाट कालिकोट खटि जना लागेका ३० जना नेपाली सेना बोकेको भ्यान जमालगाँउमा दुर्घटना भएको प्रहरीले जनाएको छ ।

घाईते ६ जनाको जिल्लाको बयालपाटा अस्पतालमा उपचार भईरहेको छ । चालकका अनुसार भ्यानको ब्रेक फेल हुँदा दुर्घटना भएको बुझिएको छ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

लयाँटीमा फेरि मतदान हुने
अछाममा लडेर घाईते भएका १ जनाको उपचारको क्रममा मृत्यु
अछामका सरकारी कार्यालयमा २७ देखि ३० गते सम्म अत्यावश्यक बाहेकका सेवा बन्द रहने
स्थानिय निर्वाचनमा सवारी साधन आवश्यक हुने सरोकारवालाले पास लिनुपर्ने