मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

टिकटकमा कसरी बढाउने फलोअर ?

टिकटकमा कसरी बढाउने फलोअर ?


काठमाडौं । अहिले सामाजिक सञ्जाल तथा भिडिओ शेयरिङ एपको प्रयोग व्यापक बढेको छ । मानिसहरू आ-आफ्नै प्रयोजनले सामाजिक सञ्जालमा सक्रिय हुने गर्छन् ।

सामाजिक सञ्जालमा परिचित हुन वा हाम्रा कन्टेन्ट (फोटो, भिडिओ वा अन्य सामग्री) सबैसामु पुर्‍याउन धेरै फलोअर वा साथीको आवश्यकता पर्छ । आज हामी टिकटकमा आफ्नो फलोअर कसरी बढाउने भन्ने विषयमा चर्चा गर्छौं ।

भिडिओ शेयरिङ प्लेटफर्म टिकटक दिनानुदिन सबैका सामु प्रिय बन्दै गएको छ । हामीमध्ये धेरै टिकटकका प्रयोगकर्ता पनि छौं होला ।

सबै सन्दर्भमा त्यसमा आउने कन्टेन्ट हेरेर टिकटक गलत हुन्छ भन्ने हुँदैन । त्यसलाई कसरी प्रयोग गरिरहेको छ, त्यो प्रयोगकर्तामा भर पर्छ । यसै पनि टिकटकले संवेदनशील कन्टेन्टलाई फिल्टर गरिरहेको हुन्छ ।

कतिपय अवस्थामा भाषा फरक हुँदा हामीलाई असान्दर्भिक लागेका कन्टेन्ट टिकटकले फिल्टर नगर्न सक्छ । यदि हामीले त्यस्ता कन्टेन्ट फेला पार्‍यौं भने रिपोर्ट गर्ने गर्नुपर्छ ।

कहिले काहिँ टिकटकमा भिडिओ हेरिरहँदा अरूका राम्रा भिडिओ धेरैका रोजाइमा परेको देख्छौं । अथवा, त्यसले राम्रो लाइक कमेन्ट पाएको देख्छौं ।

त्यस्तो देख्दा हामीलाई पनि आफूले बनाएको भिडिओ त्यसरी नै सबैको रोजाइमा परोस् भन्ने चाहना हुनसक्छ । यसलाई केही हदसम्म धेरै फलोअर हुनुले सहयोग गरेको हुनसक्छ ।

टिकटकमा फलोअर कसरी पाउन सकिन्छ होला ?

यसरी बुझ्नुस्, हामी सहजै सभ्य भएर पनि टिकटकमा फलोअर बढाउन सक्छौं ।  सबैभन्दा पहिले ध्यान दिनुपर्ने कुरा कन्टेन्टमा हो ।

यदि तपाईंले टिकटक मार्फत प्रकाशन गर्न चाहेको सामाग्री (कन्टेन्ट) सभ्य छ वा सो सामग्री त्यतिबेलाको परिस्थितिमा सान्दर्भिक छ भने त्यो सबैको रोजाइमा पर्छ । यदि सबैको रोजाइमा पर्‍यो भने बुझ्नुस् तपाईंको अकाउन्टमा फलोअर बढ्छन् ।

फलो गर्नेहरूलाई तपाईंले आगामी दिनमा पनि त्यस्तै राम्रा कन्टेन्ट पोस्ट गर्नुहुन्छ भन्ने लाग्छ । तपाईं जति जति सान्दर्भिक र सुन्दर सामग्री पस्किँदै जानुभयो, तपाईंका कन्टेन्टले त्यति नै बजार पाउँछन्, अथवा अन्य मानिसहरूको रोजाइमा पर्छन् ।

सबैभन्दा पहिले आफूले पोस्ट गरेको कन्टेन्ट धेरै दर्शकसामु पुग्छ भन्ने कुरा ढुक्क हुँदैन । टिकटकमा पहिलो पटक पोस्ट गरेको भिडिओ फलोअर एक जना नहुँदा पनि धेरै दर्शकसामु पुगिरहेको हुन्छ ।

यदि कन्टेन्ट राम्रो छ भने त्यही भिडिओ लाखौँ दर्शकको फिडमा पुग्न सक्छ र फलोअर पनि त्यसरी नै बढ्छन् ।

तर, कन्टेन्ट राम्रो छेन भने भ्युज केही धेरै आएपनि फलोअर नबढ्न सक्छ । हामीलाई टिकटकमा लाइभ बस्न पनि न्यूनतम एक हजार फलोअर आवश्यक पर्छ । तर, हजार फलोअर आफ्ना कन्टेन्टबाटै पुर्‍याउँछु भन्दा नपुग्न सक्छ ।

त्यसका लागि पनि हामीलाई फलोअर धेरै बनाउन यो छोटो विधि अपनाउन पर्ने हुन्छ । टिकटकमा फलोअर बढाउन सबैभन्दा पहिले टिकटक एपमा गएर डिस्कभरमा ट्याप गर्नुहोस् ।

त्यसपछि तपाईंले चिनेका चर्चित टिकटकर को आइडी सर्च गर्नुहोस् । कसैले टिकटकमा आफ्नो लाइभ जोइन गर्नुहोस् तपाईंको फलोअर बढाइदिने भन्दै भिडिओ बनाएका हुन्छन् । उनीहरूको प्रोफाइल खोल्नुहोस् । उसको फलोअर लिस्टमा गएर त्यहाँ भएका अन्य आईडीलाई फलो अनफलो गर्नुहोस् ।

यसले गर्दा तपाईंको आइडी उनीहरूको फलोइङ लिस्टको टपमा पर्ने गर्छ । र, तपाईंले धेरैले फलो गर्न सक्छन् । विशेषगरी उनीहरू लाइभमा गएको बेला यो विधि अपनाउनुपर्ने हुन्छ ।

त्यस्तै अन्य जति पब्लिक सपोर्ट (अन्य प्रयोगकर्ताको फलोअर बढाइदिने व्यक्ति) गर्ने व्यक्ति छन्, उनीहरूको आईडीमा गएर फलोअर र फलोइङ लिस्टमा भएका आईडीलाई फलो अनफलो गर्नुपर्ने हुन्छ ।

त्यसमा पनि जो व्यक्तिका धेरै फलोअर छन्, उनीहरूलाई बेला बेलामा फलो अनफलो गर्ने गर्नुपर्छ । जसले गर्दा तपाईं उनीहरूको फलोअरको सबैभन्दा माथि हुनुहुनेछ ।

फलो अनफलो गरिसकेपछि  उनीहरू कुन बेला लाइभ आउँछन्, तपाईंले त्यो समय थाहा पाउनुपर्ने हुन्छ । जब उनीहरू लाइभमा आउँछन्, तब तपाईंले त्यो लाइभ भिडिओ हेर्नुपर्ने हुन्छ ।

त्यसमा उनीहरूले भने बमोजिम गर्नुभयो भने तपाईंको फलोअर बढ्न सक्छन् । पछि विस्तारै राम्रा कन्टेन्ट हालेर तपाईं आफ्नो टिकटक आईडी धेरैसामु चिनाउन सक्नुहुन्छ ।