मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मंगलसेन नगरपालिकाले “मेयरकप पुरुष भलिबल प्रतियोगिता” गर्दै 

मंगलसेन नगरपालिकाले “मेयरकप पुरुष भलिबल प्रतियोगिता” गर्दै 


अछाम : जिल्लाको सदरमुकाम रहेको मंगलसेन नगरपालिकाले पालिका स्तरीय मेयर कप पुुरुष भलिबल प्रतियोगिता संचालन गर्ने भएको छ । नगरपालिकाकाको आयोजनामा मंगलसेनको बुहत खेल मैदानमा चैत्र १९ गतेबाट संचालन हुने नगरपालिकाले जनाएको छ ।

टिम दर्ताका लागी यही चैत १९ गते बिहान १० बजे सम्मको समय राखिएको छ भने खेल संचालन सोहि दिन बिहान ११ बजेदेखी हुने बताईएको छ ।

प्रतियोगितामा प्रथम टिमले १ लाख ११ हजार १ सय ११ नगद सहित कप, मेडल र प्रमाण पत्र, द्वितीयले ५५ हजार ५ सय ५५ नगद सहित कप, मेडल र प्रमाण पत्र, तृतीयले ३३ हजार ३ सय ३३ नगद सहित कप, मेडल र प्रमाण पत्र र सान्त्वना टिमले ११ हजार १ सय ११ नगद पुरुस्कार प्राप्त गर्नेछ । सो पुरुस्कार सबै राशिमा २५ प्रतिशत करकट्टि गरिने समेत बताईएको छ ।

दर्ता शुल्क ५ हजार तोकिएको प्रतियोगितामा खेलाडीले सम्बन्धित पालिकाको स्थायी बासिन्दा भएको परिचय खुल्ने नागरिकता वा जन्मदर्ता प्रमाण पत्र पेश गर्नुपर्ने र खेलाडीले प्रतियोगिता अवधि भर खान बस्नको व्यवस्था आफै गर्नुपर्ने मंगलसेन नगरपालिकाका निमित प्रमुख प्रशासकिय अधिकृत खकेन्द्र सोडारीद्धारा जारी सुचनामा उल्लेख गरीएको छ ।