मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सर्वाधिक छिटो ५० विकेट लिने सन्दीप विश्वकै दोस्रो बलर

सर्वाधिक छिटो ५० विकेट लिने सन्दीप विश्वकै दोस्रो बलर

सुदूर आज

काठमाण्डाै – नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछाने एकदिवसीय क्रिकेटमा ५० विकेट लिने पहिलो नेपाली बलर बनेका छन् ।

साथै उनी सर्वाधिक छिटो ५० विकेट लिने विश्वकै दोस्रो बलर बनेका छन् । सन्दीपले पपुवा न्युगिनी पीएनजीसँगको दोस्रो एकदिवसीयमा १३ औं ओभरको पहिलो बलमा चार्ल्स अमिनीलाई ३५ रनमा एलबीडब्लू आउट गरेका हुन् ।

सन्दीपले २२ खेलमा ५० विकेट पूरा गरेका छन् । एकदिवसीयमा सर्वाधिक छिटो ५० विकेट लिने किर्तिमान श्रीलंका पूर्व स्पिनर अजान्था मेन्डिसको नाममा छ । उनले १९ खेलमा ५० विकेट लिएका हुन् ।