मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अछाममा सरकारी कार्यालयकाे लेटरप्याडमा लापरबाही

अछाममा सरकारी कार्यालयकाे लेटरप्याडमा लापरबाही


वडा कार्यालयकाे लेटरप्याडमा खानेपानी कार्यालयलाई जन्ममितीकाे सिफारिस

अछाम : जिल्लाकाे पञ्चदेवल विनायक नगरपालिका वडा नम्बर १ काे वडा कार्यालयकाे लेटरप्याडमा व्यापक लापरवाही गरेको पाइएको छ ।

खानेपानी कार्यालय मंगलसेनलाई सम्बाेधन गर्दै जन्म मिति सिफारिस गरिएको छ । मिति २०७८ चैत ६ गतेकाे चलानी नम्बर २०८ काे सिफारिसमा त्रुटी भेटिएको हाे ।

वडा सचिवले कुनै वास्ता नै नगरी लेखेको सिफारिसले अज्ञानीपन देखाएको र जिम्मेवार व्यक्ति बाट जथाभाबी हस्ताक्षर गरिनुले जनप्रतिनिधिको कार्यशैली माथि नागरिकको विश्वास घट्दै गएको छ ।

वडा सचिवले हचुवा तालमा सिफारिस लेखेको र त्यसलाई राम्ररी अध्ययन नगरेरै अध्यक्षले हस्ताक्षर गरेको भेटिनुले जनप्रतिनिधि र कर्मचारीकाे काम कार्यान्वयनमा पारदर्शिता तथा स्पस्टताकाे प्रश्न उब्जिएको छ ।