मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नारी दिवसको अवसरमा ३८ जना महिलालाई साफेबगर नगरपालिकाद्धारा सम्मान

नारी दिवसको अवसरमा ३८ जना महिलालाई साफेबगर नगरपालिकाद्धारा सम्मान

सुदूर आज

अछाम : ११२ औं अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा साँफेबगर नगरपालिकाले बिभिन्न क्षेत्रमा योगदान पुर्‍याउने महिलाहरुलाई सम्मान गरेको छ । महिला बालबालिका तथा जेष्ठ नागरिक शाखाको आयोजनामा विभिन्न क्षेत्रमा उत्कृष्ट काम गरी योगदान गरेका महिलाहरुलाई सम्मान गरिएको हो ।

नगरले १४ वडाका कृषि, व्यवसाय, राजनिति, स्वास्थ, शिक्षा, पत्रकारीता, सामाजिक अभियान्ता गरि ३८ जनालाई सम्मान गरेको छ । नगर उपप्रमुख बिर्मला देबी बुडथापाको अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथि नगर प्रमुख कुल बहादुर कुँवर रहेका थिए ।         

कार्यक्रममा बोल्दै नगर प्रमुख कुँवरले महिला दिदि बहिनीहरुको हौसला बढाउनका लागी सम्मान कार्यक्रमको आयोजना गरिएको बताए । महिलाहरुको हक अधिकार स्थापितका लागी आफुहरु सधै हातेमालो गरेर अगाडी बढ्न तयार रहेको बताए ।

कार्यक्रममा नगर उपप्रमुख बुड्थापाले यस्ता दिवसको अवसरमा भाषण र नारा रयालि भन्दा पनि सम्मान गर्ने कार्यक्रमले महिलाहरुलाई हौसला मिल्ने बताइन। उनले अझै पनि महिलाहरुले धेरै हिसा भोग्नु परेको भन्दै महिला माथी हुने सबैखाले हिंसाको अन्तय गरी सभ्य समाज निमार्णमा पुरुषहरुको सहयोग महत्वपुर्ण रहने बताइन् ।

गत वर्षमा पनि नारी दिवसको अवसरमा बिपन्न महिलाहरुलाई खाद्यन्न बितरण गरेको भन्दै उनले महिलाहरुलाई राहत हुने खालका कार्यक्रम मात्र सञ्चालन गर्ने बताइन् । सम्मानित हुने सबै महिलाहरुले नगरले गरेको सम्मानले आफ्नो पेशा प्रति थप उर्जा हौसला मिलेको भन्दै नगरपालिकालाई धन्यवाद समेत ज्ञापन गरेका छन् ।

कार्यक्रममा जिल्ला समन्वय समितिका सदस्य लक्ष्मी शाह, नेकपा माओवादीका रंग ठकुल्ला, नेकपा एमालेका नगर कमीटी अध्यक्ष ललित बोगटी, ईलाका प्रहरी प्रमुख सुरेन्द्र जोशी लगायतका अतिथिरहेका थिए ।

कार्यक्रमको सञ्चालन महिला बालबालिका तथा जेष्ठ नागरिक शाखाका प्रमुख अनिता जोशीले गर्नु भएको थियो भने स्वागत मन्तव्य सामाजिक सुरक्षा तथा पञ्जीकरण शाखा प्रमुख देवसरा कुमारी थापाले गर्नु भएको थियो ।