मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

क्यान अछामको नयाँ कार्य समिती गठन, अध्यक्षमा अनिल कुवँर ।

क्यान अछामको नयाँ कार्य समिती गठन, अध्यक्षमा अनिल कुवँर ।


अछाम । अछाममा क्रिकेट संघ अछामको चौथो साधारण सभा साँफेबगरमा सम्पन्न भएको छ । साधारण सभाले नयाँ कार्य समिती गठन गरेको छ । संघको अध्यक्षमा साँफेबगरका अनिल कुवँर चयन भएका छन् ।

क्रिकेट एसोशिएन नेपाल क्यानका प्रदेश अध्यक्ष हरी रेग्मीको उपस्थितीमा भएको चौथो साधारण सभाले नयाँ कार्य समिती गठन गरेको हो ।

सर्वसम्मत रुपमा चयन भएको कार्यसमितीको उपाध्यक्षमा धिरेन्द्र सावद, सचिवमा चादनी शाह र कोषाध्यक्षमा चक्र सुनार रहेका छन् ।

संघको सदस्यहरुमा प्रेम कुवँर, लक्ष्मण नाथ योगी, कृष्ण कुवँर, यज्ञराज ढुंगाना, तपेन्द्र ओली, बिनोद खत्री, शिबराज स्वाँर, लोकेन्द्र खत्री र गणेश तिरुवा रहेका छन् ।

कार्यक्रममा सहभागी नेपाली कांग्रेसका महासमिति सदस्य युवा नेता राजन कुवँरले अछाम जिल्लामा पछिल्लो चरणमा बिभिन्न खेलको विकासक्रम बढ्दोक्रममा रहेकोमा खुशी व्यक्त गरे । खेल क्षेत्रको विकासका लागि आफु र कांग्रेस पार्टी जहिले साथमा रहेको उनको भनाई थियो ।

अछाम टिमका पुर्व कप्तान तथा सुदूरपश्चिम टिमबाट राष्टिय खेलाडी रहेका कुवँरको अध्यक्षतामा समिती गठनले अछाममा क्रिकेटको विकासले गति लिने अपेक्षा गरिएको छ । निबर्तमान अध्यक्ष प्रेम कुँवरको अध्यक्षतामा साधारण सभा सम्पन्न भएको थियो।