मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

आज २४औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवस, भर्चुअल माध्यमबाट चेतना जगाइँदै

आज २४औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवस, भर्चुअल माध्यमबाट चेतना जगाइँदै

सुदूर आज

काठमाण्डाै –  २४औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवस आज देशभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ ।

‘भूकम्पीय सचेतना, सुरक्षित संरचना’ भन्ने नाराका साथ भर्चुअल माध्यमबाट भूकम्प दिवस मनाउन लागिएको हो । भूकम्पले नभइ कमजोर संरचनाले मानवीयलगायतको क्षति गर्छ भन्ने चेतना जगाउँदै २०५५ सालदेखि माघ २ गतेलाई भूकम्प दिवसका रुपमा मनाउन सुरु गरिएको हो ।

दिवसका अवसरमा भूकम्प सुरक्षा दिवस मूल समारोह समितिले आज ललितपुरको पाटन दरबार क्षेत्रमा विशेष कार्यक्रम गर्दैछ । कार्यक्रममा निश्चित व्यक्तिको मात्रै भौतिक उपस्थित रहने र अरु सबैलाई भर्चुअल माध्यमबाट सहभागी हुन आह्वान गरिएको सहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक पदमकुमार मैनालीले जानकारी दिनुभयो ।

उहाँकाअनुसार कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवा, गृहमन्त्री बालकृष्ण खाँड र सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले पनि भर्चुअल माध्यमबाट सम्बोधन गर्नुहुनेछ । दिवसका अवसरमा २०७२ सालको भूकम्पका कारण  भत्किएका संरचनाको पूनर्निर्माणबारे पनि जानकारी गराइनेछ ।