राजनिति

एमाले साँफेबगर नगर कमिटीद्वारा नव निर्वाचित जिल्ला सदस्यलाइ सम्मान

अछाम : नेकपा एमाले साँफेबर नगर कमिटीको तेश्रो सचिवालय बैठक सम्पन्न भएको छ ।

नगर अध्यक्ष ललित बहादुर कुवँरको अध्यक्षतमा भएको बैठकले बिभिन्न निर्णय गरेको छ । बैठकले एमाले अछामको आठौँ जिल्ला अधिबेशनबाट निर्वाचित जिल्ला कमिटी सदस्यहरलाई बधाई तथा सम्मान गरेको छ ।

नगरको प्रतिनिधीतिव्गरी जिल्ला कमिटीमा निर्वाचित सदस्यहरुलाई बधाई ज्ञापन र सम्मान गरिएको नवर्निवाचित जिल्ला सदस्य पुष्पराज उपाध्याय भट्टले बताए ।

बैठकमा एमाले केन्द्रिय अनुशासन आयोग सदस्य हर्क कुवँर, प्रदेश कमिटी सदस्य मिन बहादुर कुवँर, देव बहादुर कुवँर लगायतको उपस्थिती रहेको थियो ।

नगरबाट खुल्ला र भुगोल गरी २४ जना जिल्ला कमिटी सदस्यमा निर्वाचित भएका छन् ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

अछामको कमलबजार, ढकारी र बान्नीगढीमा कांग्रेस विजयी  
अछाममा ३० वडाको नतिजा सार्वजनिक
महासमिती सदस्य बिष्ट र उपसभापती बजगाँईकै वडामा पनि कांग्रेस पराजित
अछामको सदरमुकाम रहेको मंगलसैन नगरमा एमालेको अग्रता