मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बयालपाटा अस्पताल दिर्घकालिन सञ्चालनका लागि सहयोग गर्ने सरोकारवालाको प्रतिबद्धता

बयालपाटा अस्पताल दिर्घकालिन सञ्चालनका लागि सहयोग गर्ने सरोकारवालाको प्रतिबद्धता



अछाम । न्याय हेल्थ नेपाल बाट संचालित बयालपाटा अस्पतालको विकासका लागि आ –आफ्नो क्षेत्रबाट सहयोग गर्ने एक कार्यक्रममा सहभागि सरोकारवालाले प्रतिबद्धता जनाएका छन । बयालपाटा अस्पतालको आर्थिक बर्ष २०७७÷०७८ को सामाजिक परिक्षण कार्यक्रममा सहभागी सरोकारवालाले अस्पतालमा पछिल्लो समयमा विभिन्न खालका समस्याहरु देखापरेकाले देखिएका समस्या र अभावलाई पुर्ति गर्न सहयोग गर्ने प्रतिबद्धता जनाएका हुन ।

कार्यक्रममा बोल्ने अधिकांश सरोकारवालाले अस्पतालले अछाम सहित बाजुरा, डोटी र दैलेख जिल्लाका सेवाग्राहीलाई समेत सेवा दिईरहेकाले अस्पतालको दिगो विकास र अहिलेको सेवालाई निरन्तरता दिन सबै तहका क्षेत्रबाट सहयोग गर्नुपर्नेमा जोड दिएका छन । पछिल्लो समयमा दातृ निकायले गर्ने सहयोगमा कटौती हुदै गएपछि अस्पतालले केही महत्वपूर्ण सेवाहरु दिन नसकेकाले अब अस्पताललाई आर्थिक रुपमा थप बलियो बनाउनका लागि सबै तहका सरकारले अस्पतालाई आवश्यकपर्ने पर्याप्त बजेटको व्यवस्था गर्नुपर्नेमा जोड दिएका थिए ।

विकट क्षेत्रमा निशुल्क महत्वपूर्ण स्वास्थ्य सेवा दिईरहेको अस्पतालले यस क्षेत्रका नागरिकको ठुलो धनराशी जोगाएकाले अब यो अस्पताललाई निरन्तर संचालन गर्नका लागि सरकारले जिम्मेवारी लिनुपर्ने सहभागिको जोडथियो । अस्पतालले आर्थिक अवस्था कमजोर भएका जनताको लागि भगवान भएर काम गरेको भन्दै यसको दिगो विकासका लागि जिल्लाका जनप्रतिनिधि, राजनितीक दलका प्रमुख र अन्य सरोकारवालाले गम्भिर भएर सोच्नुपर्ने जोड दिएका छन ।

यसले जिल्लाबासीलाई ठुलो राहात दिएकाले आगामी दिनमा अहिले दिईरहेका सेवालाई निरन्तरता दिनका लागि अस्पतालको व्यवस्थापनको पाटोलाई थप मजबुत बनाएर लैजानुपर्ने बताएका हुन । बान्नीगढी जयगढ गाउँपालिका वडा न २ जनालीकोटकी पूजा सुनारले बयालपाटा अस्पतालले संचालन गरेको सामुदायीक स्वास्थ्य कार्यक्रम निकै प्रभावकारी भएकाले यसलाई निरन्तरता दिनुपर्ने बताउनु भएको छ ।

ग्रामीण क्षेत्रका आर्थिक अवस्था कमजोर भएका नागरिकलाई घर घरमै गएर स्वास्थ्य सेवा दिईरहेको सामुदायीक स्वास्थ्य कार्यक्रमले आफु जस्तो थुप्रै नागरिकलाई सेवा दिईरहेकाले यो कार्यक्रमलाई निरन्तरता दिएमा समुदायको स्वास्थ्य अवस्था सुधार भएर जाने विश्वाश ब्यक्त गर्नुभएको छ ।

कार्यक्रममा सहभागि महिला अधिकारकर्मी पसुपति कुवँरले बयालपाटा अस्पतालले ग्रामिण क्षेत्रका जनतालाई ठुलो गुन लगाएको भन्दै महिला तथा बालबालिकाको क्षेत्रमा अस्पतालले नमुना योग्य काम गरेको भन्दै प्रशंसा गर्नुभयो । अहिलेपनि महिलाहरुमा विभिन्न खालका स्वास्थ्य समस्या रहेकाले यो कुरालाई प्रमुख प्राथामिकता राख्दै अस्पतालले आगामी दिनमा थप सृजनशिल भएर कामगर्नुपर्ने र यसका लागि सरोकारवाला निकाय बाट सहयोग रहनुपर्ने बताउनुभयो ।

कार्यक्रममा बोल्ने अधिकांश सरोकारवाला तथा सेवाग्राहीहरुले अस्पतालले अहिले दिईरहेको सेवालाई निरन्तरता दिनुपर्नेमा जोड दिएका थिए । बयालपाटा अस्पतालका निर्देशक डाक्टर मन्दिप पाठकको अध्यक्षतामा भएको सामाजिक परिक्षण कार्यक्रममा नेकपा एमालेका नेता तथा पूर्व उप प्रधानमन्त्री भिम रावल, अछाम क्षेत्र न २ बाट निर्वाचित सांसद यज्ञ बहादुर बोगटी, प्रदेश सांसद हर्क बहादुर कवँर, जिल्ला समन्वय समिती अछामका प्रमुख नर बहादुर कुवँर, साफेबगर नगरपालिकाका प्रमुख कुल बहादुर कुवँर, मंगलसेन नगरपालिकाका प्रमुख पदम बहादुर बोहरा, बान्नीगढी जयगढ गाउँपालिकाका अध्यक्ष राजेन्द्र बहादुर खड्का, नेकपा एमाले अछामका अध्यक्ष चन्द्र बहादुर बोहरा, नेपाली काग्रेसका महासमिती सद्स्य राजन कुवँर, एकिकृत नेकपा समाजवादीका उपसचिव हिक्मत कुवँर, जिल्ला स्वास्थ्य कार्यालय अछामका प्रमुख झनराज ढुंगाना, पत्रकार महासंघ अछामका अध्यक्ष खम्म खत्री लगायतले मन्तब्य राख्दै आगामी दिनमा अस्पतालको दिगो विकासका लागि आर्थिक र नैतिक सहयोग गर्ने प्रतिबद्धता जनाउनु भएको थियो ।

कार्यक्रममा अस्पतालको समग्र अवस्था समेटिएको प्रतिवेदन प्रस्तुत गरिएको थियो । कार्यक्रममा बयालपाटा अस्पताल स्थापनाको क्रममा जिवनको आहुति दिनेहरुका आफन्तहरुलाई दोसल्ला तथा सम्मान पत्र मार्फत सम्मान गरिएको थियो । सामाजिक परिक्षण कार्यक्रमको सहजिकरण रेडियो गाउँघरका कार्यकारी निर्देशक टेक बहादुर थापाले गर्नुभएको थियो भने संञ्चालन अस्पतालका स्वास्थ्य सेवा व्यस्थापक हीम विश्वकर्माले गर्नुभएको थियो ।