मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अछाममा २५ जना भन्दा बढी भेला हुन नपाईने, यस्ता छन् DCMC का थप निर्णयहरु

अछाममा २५ जना भन्दा बढी भेला हुन नपाईने, यस्ता छन् DCMC का थप निर्णयहरु


अछाम : जिल्लामा कोभिड १९ संकट व्यावस्थापन समन्वय केन्द्र अछामको बैठक मंगलसेनमा सम्पन्न भएको छ । अछामका प्रमुख जिल्ला अधिकारी बिश्वराज मरासैनीको अध्यक्षतामा बसेको बैठकले बभिन्न निर्णयहरु गरेको छ ।

कोभिड १९ को संक्रमण फेरी फैलिन सुरु भएको भन्दै त्यसको नियन्त्रण र रोकथाम गर्न बैठकले बिभिन्न १२ वटा निर्णय गरेको छ ।

छिमेकी मुलुक भारत लगायत देशका बिभिन्न ठाँउमा पछिल्लो समय ओमीक्रोन भेरियण्टको संक्रमण दर बढीरहेको भन्दै त्यसको प्रभाव जिल्लामा कम गर्न पूर्व तयारी स्वरुप बेठक बसेर निर्णय गरिएको प्रजिअ मरासैनीले बताए ।

जस अन्र्तगत सार्वजनिक स्थलमा राजनितिक दल तथा अन्य प्रशासनिक, सामाजिक एवंम अन्य प्रकारका कार्यक्रम नगर्न आव्हान गर्ने निर्णय बैठकले गरेको छ ।

अत्यावश्यक नियमित कामको लागि प्रशासनको अनुमती लिएर गर्ने र २५ जना भन्दा बढी भेला भएर कुनै पनि कार्यक्रम, खेलकुद तथा मेला, भेला महोत्सव नर्गन बैठक मार्फत आग्रह गरिएको छ ।

यस्ता छन् थप निर्णयहरु ।