मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अछाममा संचालन भएको निशुल्क आँखा शिबिर सम्पन्न, २२ सयले सेवा लिए, ‘५ सय ७६ जनाको शल्यक्रिया

अछाममा संचालन भएको निशुल्क आँखा शिबिर सम्पन्न, २२ सयले सेवा लिए, ‘५ सय ७६ जनाको शल्यक्रिया


५ सय ७६ जनाको शल्यक्रिया मार्फत उपचार गरियो

अछाम : जिल्लामा संचालन भएको निशुल्क आँखा शिबिर मंगलबार सम्पन्न भएको छ । नेपाल नेत्र ज्योति संघ गेटा आँखा अस्पताल र स्वास्थ्य कार्यालय अछामको संयुक्त आयोजनामा पौष १८ गते देखि शुरू भएको शिविर आज २६ गते सम्पन्न भएको हो ।

जिल्लाका बिभिन्न ३ ठाँउमा संचालन भएको शिबिरबाट २२ सय जनाले सेवा लिएका छन् । बयालपाटा अस्पताल, जिल्ला अस्पताल र कमलबजार प्राथमिक स्वास्थ्य केन्द्र गरी २२ जनाले सेवा लिएका स्वास्थ्य कार्यालय अछामका प्रमुख बरिष्ठ जनस्वास्थ्य अधिकृत झनकराज ढुंगानाले बताए । उनका अनुसार शिबिरमा ५ सय ७६ जनाको मोतिविन्दु लगायतको शल्यक्रिया गरिएको छ ।

निशुल्क आँखा शिबिर स.चालनमा सहयोग गरेको भन्दै प्रमुख ढुंगानाले गेटा आँखा अस्पताल टिम तथा सहयोग गर्ने सबैलाई धन्यवाद ज्ञापन गरेका छन् ।

आधारभुत स्वास्थ्य सेवामा सबै नागरिक र खास गरी जेष्ठ नागरिक, महिला तथा बालबालिकाको सहज पहुँच पुर्याउनु पर्नेमा उनको जोड । सोही कार्यका लागि आफुहरु निरन्तर प्रयासमा लागिरहेको उनले बताए ।

आँखा जस्तै अन्य रोगहरुको पनि यस्तै गरेर शिबिर मार्फत भएपनि सेवा दिने योजना रहेकाले सबैको साथ र सहयोगको खाँचो रहेको उनले बताए । जिल्लामा उपलब्ध नहुने उपचारका लागि स्वास्थ्य कार्यालयले शिबिर मार्फत भएपनि सेवा दिने गरेको उनले बताए ।

साथै निशुल्क शिबिर सचालनमा सहयोग गरेको भन्दै गेटा आँखा अस्पतालको टिमलाई दोसल्ला र सम्मान पत्र दिएर सम्मान समेत गरिएको थियो ।

गएको दुई बर्ष देखि संचालन हुन नसकेको आँखा शिविर यसपटक बयालपाटा, कमलबजार र मंगलसेनमा संचालन गर्न सफल भएको स्वास्थ्य कार्यालय अछामले जनाएको छ ।

८० बर्ष उमेर पुगेका आँखामा समस्या भएका बलाता बासीलाई कमलबजार आई सेवा लिन, ऋषिदहका बासिन्दालाई बयालपाटा आई सेवा लिन र रामारोशनका बासिन्दालाई मंगलसेन आई सेवा लिन सहज छैन स्वास्थ्य कार्यालय अछामका प्रमुख ढुंगानाले भने अहिलेको शिबिरबाट धेरैलाई केहि हद सम्म राहत भएको छ ।

जिल्लाका सबै स्थानीय तहको केन्द्र सम्म कम्तिमा बर्षमा एक वा दुई पटक आखा शिबिर गर्नुपर्ने वा आँखामा समस्या भएका र मोतिबिन्दुको अप्रेसन गर्नुपर्ने बिरामीको छनौट र जिल्लाको एक वा दुई स्थानमा शल्यक्रिया क्याम्प नियमित गर्न सके धेरै सहज हुने र कम लागतमा धेरैलाई सेवा नि सकिने उनको बुझाई छ ।

यसका लागि स्वास्थ्य कार्यालयले नियमित प्रयास गर्नेछ प्रमुख ढुंगानाले भने सबै स्थानिय तह र गैर सरकारी संस्थाहरूलाई सहकार्यको लागि आग्रह गर्दछौं ।