मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कुइकामा मृत भेटिएका तिमिल्सैनाकाे शव पाेष्ट्रमाटमका लागि मंगलसैनमा

कुइकामा मृत भेटिएका तिमिल्सैनाकाे शव पाेष्ट्रमाटमका लागि मंगलसैनमा


अछाम । अछाममा मृत भेटिएका भानुभक्त तिमिल्सैनाकाे सव पाष्ट्रमाटमका लागि जिल्ला अस्पताल मंगलसैन लगिएको छ ।

साेमबार बिहान ८ बजे तिर गैरिटाड नजिकै कमलबजार नगरपालिका वडा नम्बर – ५ कुइकामा मृत भेटिएका तिमिल्सैनाकाे शव पाेष्ट्रमाटमका लागि जिल्ला अस्पताल मंगलसैनमा राखिएको जिल्ला प्रहरी कार्यालय अछामले जानकारी दिएको छ ।

कमलबजार ५ कुइका घर भएका तिमिल्सैना कुइका स्वास्थ्य चाैकीमा कार्यालय सहयाेगीकाे रुपमा कार्यरत थिए । स्थानीयका अनुसार उनी गैरिटाड बजारबाट मदिरा सेवन गरि घर गएको बुझिएको छ ।

जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख रबिराज थपलियाका अनुसार अनुसन्धानको प्रारम्भिक चरण हेर्दा शरिरिरमा कुनै घाउ चाेटपटक नदेखिएको पाइएको छ ।

पाष्ट्रमाटम रिपोर्ट पछि मात्रै मृत्युको कारण खुल्ने डिएसपी थपलियाले जानकारी दिए । केही समय अघि मात्रै गरिटाडमा रहस्यमय घटना भएको थियोे ।

कुइकाकै रेशम तिमिल्सैनाकाे हत्या गरेर गाडिएको अवस्थामा भेटिएको थियो । उनी उक्त घटनामा वादी नेपाल सरकारका तर्फबाट साँची समेत रहेका बुझिएको छ ।