मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

२ दशक देखि पत्रकारीतामा रहेका यी २ अनुहार एमाले अछामको जिल्ला सदस्यमा भिड्दै

२ दशक देखि पत्रकारीतामा रहेका यी २ अनुहार एमाले अछामको जिल्ला सदस्यमा भिड्दै


अछाम । नेकपा एमाले अछामको ८ औँ जिल्ला अधिबेशनको बन्द शत्र अन्र्तगतका कार्यक्रम चलिरहेकाा छन् । २३ गते उद्घाटन गरेको एमाले अछामले २४ गते देखि बन्द शत्रका कार्यक्रमहरु गरिरहेको छ ।

जस अन्र्तगत आज २६ गते चुनावी कार्यक्रम अन्र्तगतका कार्यक्रमहरु भईरहेका छन् भने १२ बजे पछि मतदान हुने निर्वाचन समितीले जनाएको छ । जिल्ला अधिबेशनमा २ समुह मार्फत नेता तथा कार्यकर्ताहरु पार्टी भित्र अन्तर संघर्षको दौड धुपमा लागेका छन ।

नेता प्रकाश शाह र चन्द्र बोहराले छुट्टा छुट्टै प्यानल बनाए चुनावी प्रतिष्पर्धा गरिरहेका छन् । आज सोमबार दुबै गुटका नेता कार्यकर्ता भोट माग्न व्यस्त रहेका छन् ।

यसै बिच २ जना भने फरक पेशा बाट राजनितिमा होमिन लागेका छन् । २ दशक देखि पत्रकारीतामा क्रियाशिल रहेका पत्रकार पुष्पराज भट्ट र नरेश कुमार शाही जिल्ला कार्य समिती सदस्यका लागि उम्मेद्धारी घोषणा गरेका छन् ।

एमाले अछामको ८ औँ जिल्ला अधिबेशनमा खुल्ला तर्फबाट जिल्ला किमिटी सदस्य पदका लागि उनिहरुले उम्मेद्धारी दिएका छन् । करिब २ दशक पत्रकारीता पेशामा समय खर्चेका पुष्पराज भट्ट र नरेश कुमार शाहीले सक्रिय राजनितिमा प्रबेश गर्नै भन्दै उम्मेद्धारी दिएको बताए ।

पत्रकारीता पेशामा रहदाँ अछामी संचार जगतको बृद्धि विकास, समाज रुपान्तरण र जिल्लाको विकास निर्माणमा आवज बुलन्द पार्दै सक्रिय भएका भट्ट र शाहीको उम्मेद्धारीलाई चाँसोको रुपमा हेरिएको छ ।

पत्रकारीता पेशमा रहदाँ समाज परिवर्तन, सुशासन, विकास निर्माणका पक्षमा वकालत गर्दै जनतालाई सुसुचित गर्न उनिहरुले खेलेको भुमिकाको अहिले पनि उत्तिकै प्रशंसा हुन्छ ।

यस्तै समाजका कुरिती, कुसंस्कार, छाउपडी प्रथा, छुवाछुत प्रथाको अन्त्यका लागि संचार माध्यमबाट उनिहरुले भुमिका निर्वाह गरेका थिए । अछाम जिल्लालाई खुल्ला दिशा मुक्त बनाउन, सरसफाई यूक्त जिल्ला र खोप यूक्त जिल्ला बनाउन समेत उनिहरुले महत्वपूर्ण भुमिका खेलेका छन् ।