मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

गायिका राधा रावलको दोस्रो देउडा गित “बगैचाकि फुल” सार्वजनिक

गायिका राधा रावलको दोस्रो देउडा गित “बगैचाकि फुल” सार्वजनिक


अछाम ; देउडा गायिका राधा रावलको दोस्रो देउडा गित “बगैचाकि फुल” गित सार्वजनिक भएको छ ।

केही दिन पहिले मंगलसेन नगरपालिका वडा नम्बर १० जुपुको विभिन्न स्थान छायांकन गरिएको गित देउडा गायक ध्वज महराको युटुब च्यानल मार्फत सार्वजनिक भएको हो ।

मंगलसेन नगरपालिका वडा नम्बर १० जुपु घर भएकि गायिका राधा रावल र देउडा गायक ध्वज महराले स्वर दिएका छन । राधा राबलले आफै शब्द लेख्नु भएको गितमा मोडलको भुमिका जनक साउद”सात्याउ” र अक्षेता रावलले निर्वाह गरेका छन ।

माया प्रिति सम्बन्धि गितको निर्देशन सुरेन्द्र संगम “डोट्याल बड्डोले गरेका हुन भने छायांकन अमित बिकले गर्नु भएको हो । यसअघि गायिका राधा रावलको पहिलो देउडा कोशेलिको रुपमा गायक नरेन्द्र रावल राधेन रावलको स्वरमा “भईन जीवन साथि” देउडा गित सार्वजनिक भईसकेको छ ।

देउडा गित “बगैचाकि फुल” गितको पुरै भिडियो हेर्नका लागि तलको लिकं खोलेर हेर्नुहोला ।