मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

‘बुलाकी’पछि ‘म’मा नरेन

‘बुलाकी’पछि ‘म’मा नरेन

सुदूर आज

काठमाडौं । केही चलचित्रमा अभिनय गरेपनि अभिनेता नरेन खड्काले सफलताको स्वाद भने चाख्न पाएका छन् । नरेनको कामको प्रशंसा भएपनि चलचित्र क्षेत्रमा ‘नोटिस’ हुन भने अझै संघर्ष गरिरहेका छन् ।

पछिल्लो चलचित्र ‘बुलाकी’बाट भने नरेन आशावादी देखिएका छन् । केही समयअघि मात्रै डोल्पामा छायांकन सकिएको यो चलचित्रमा उनले अभिनेत्री सुरक्षा पन्तसँग जोडी बाँधेका छन् ।

नरेन अहिले अर्को चलचित्र ‘म’को छायांकनमा व्यस्त छन् । चलचित्रको शुभसाइत हुँदासम्म अनुबन्धित भइनसकेका उनलाई निर्माणपक्षले पछि भित्र्याएको हो ।

चलचित्र ‘म’लाई सुवर्ण थापाले निर्देशन गर्दैछन् । यो चलचित्रलाई कान्तिपुर फिल्म एकेडेमीले निर्माण गर्न लागेको हो । चलचित्रमा निराजन प्रधान, निशा अधिकारी, रुविना थापा, सरिता लामिछाने, सरोज खनाल, नरेन खड्का लगायतका कलाकारको अभिनय रहनेछ ।