मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

राजनितिमा बेमानी गर्यो भन्ने प्रश्न उठे सार्वजनिक जीवनबाट सन्यास लिन्छु : कांग्रेस केन्द्रिय सदस्य महर

राजनितिमा बेमानी गर्यो भन्ने प्रश्न उठे सार्वजनिक जीवनबाट सन्यास लिन्छु : कांग्रेस केन्द्रिय सदस्य महर

पार्टीको सदस्यता दिएर मात्रै जनताको पेट भरिदैँन : नेता महर


पार्टीको सदस्यता दिएर मात्रै जनताको पेट भरिदैँन : नेता महर

अछाम । नेपाली कांग्रेसका केन्द्रिय सदस्य युवा नेता नैन सिंह महरले सुदुरपश्चिमका सार्वजनिक महत्वका विकास निर्माणलाई तिव्रता दिनुपर्नेमा जोड दिएका छन् । यस प्रदेशका ठुला विकासका योजनाको काम तिव्र गतिमा अगाडी बढाएमा समग्र देश विकासमा टेवा पुग्ने उनले बताए ।

नेपाली कांग्रेस क्षेत्रिय कार्य समिती क्षेत्र नं. १ ले गरेको कार्यक्रममा प्रमुख अथिति रहेका नेता महरले यस क्षेत्रका सेती लोकमार्ग, बुढीगंगा जलबिद्युत आयोजना, रामारोशन पर्यटकिय क्षेत्र, पञ्चेश्वर बहुउदेश्यि आयोजना, मेघा प्रोजेक्ट, बुढीगंगाको तटबन्धन लगायतका योजनता दुर्त गतिमा अघि बढेमात्र अन्य विकासले गति दिनेमा जोड दिए ।

दिर्घकालिन विकासका सम्भावनाका बारेमा कुरा अघि बढाउन आफु अहिले सुदूरपश्चिमका ९ वटै जिल्लामा भ्रमण गरिरहेको भन्दै नेता महरले यि योजनाहरु अघि बढाउन आफ्नो तर्फबाट सक्दो पहल गर्ने बताए ।

राष्टिय योजना आयोगका उपाध्यक्ष संगै आफु भ्रमणमा हिडेको भन्दै उनले यस क्षेत्रका विकासका बारेमा जानकारी गराउने र तत्काल काम सुरु गराउन पहल गर्नेमा नेता महरको भनाई थियो । राजनिति पद प्राप्ती र भाषणका लागि मात्र नभई जनतासंग राजनितिलाई जोड्नुपर्ने नेता महरको जोड थियो ।

पार्टीको सदस्यता दिएर मात्रै जनताको पेट नभरिने भन्दै नेता महरले आय स्तरका बृद्धी गर्ने जिवनस्तर उकास्ने काम गर्न तर्फ ध्यान दिनुपर्ने बताए । राजनितिमा भाषण गरेर मात्रै केही नहुने भन्दै उनले सबै तहका नेताले आर्थिक समृद्धी तर्फ जोड निुपर्ने बताए ।

नेता महरले एक अर्को प्रशंगमा बोल्दै कुनै दिन पनि राजनितिमा बेमानी गर्यो भन्ने प्रश्न उठे सार्वजनिक जीवनबाट सन्यास लिने प्रतिवद्धता गर्दै आफुलाई मतदान गरेकोमा धन्यवाद ज्ञापन गरे ।

नेता महरले केपी ओलीले ३ बर्ष शासन चलाए पनि घोषणा पत्रमा लेखेका मध्ये १ प्रतिशत पनि काम गर्न नसकेको बताए । ओलीले जनतालाइृ भम्रमा पार्ने काम मात्रै गरेको नेता महरले आरोप लगाए । कम्युनिष्टको पालामा विकास हुन नसक्ने भन्दै नेता महरले नेपाली कांग्रेसको काधमा देश विकासको जिम्मेवारी आएको बताए ।

क्षेत्रिय सभापती कृष्ण बुढाको सभापतित्वमा भएको कार्यक्रममा महाधिबेशन प्रतिनिधी तथा सुदुरपश्चिम प्रदेश सदस्य अनुराधा स्वाँर, कृृष्ण कुवँर, प्रदेश सदस्य रुपा आउजी लगायतको सहभागीता रहेको थियो ।