मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बयालपाटा अस्पताल निशुल्क आँखा शिबिर सुरु, पहिलो दिन ५ सय ७ जनाको नाम दर्ता, १६० जनाको सल्यक्रिया हुने

बयालपाटा अस्पताल निशुल्क आँखा शिबिर सुरु, पहिलो दिन ५ सय ७ जनाको नाम दर्ता, १६० जनाको सल्यक्रिया हुने


अछाम । अछाम जिल्लामा निशुल्क आँखा शिबिर सुरु भएको छ । नेपाल नेत्र ज्योती संघ गेटा आँखा अस्पतालको आयोजना र स्वास्थ्य कार्यालय अछामको सयुक्त आयोजनामा जिल्लाका बिभिन्न ३ ठाँउमा हुने शिबिरको पहिलो चरण बयालपाटा अस्पतालमा सुरु भएको हो ।

शिबिरको पहिलो दिन आज ५ सय ७ जनाले आँखा उपचारका लागि नाम दर्ता गराएका छन् । जसमध्ये १ सय ६० जनाको शल्यक्रिया गर्नुपर्ने देखिएको बयालपाटा अस्पतालमा मेडिकल निर्देशक डाक्टर मन्दीप पाठकले बताए ।

उनका अनुसार शल्यक्रिया आज देखि नै सुरु गरिएको छ भने अन्य उपचार र शामान्य सल्यक्रिया भोलीबाट हुनेछ । शिबिरको दोश्रो र तेश्रो दिन भोली र पर्सी पनि नाम दर्ता सहित उपचार हुने स्वास्थ्य कार्यालय अछामले जनाएको छ ।

शिबिर जिल्ला अस्पताल मंगलसेन र कमलबजार प्राथमिक स्वास्थ्य केन्द्रमा समेत संचालन हुनेछ ।