मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

खप्तड नेटको सहकार्यमा मंगलसेनका सबै वडामा इन्टरनेट सेवा विस्तार

खप्तड नेटको सहकार्यमा मंगलसेनका सबै वडामा इन्टरनेट सेवा विस्तार


‘सबै वडामा अनलाईन प्रणालीबाट सेवा सुरु’

अछाम । जिल्लाको मंगलसेन नगरपालिकामा ईन्टेरनेट सेवा विस्तार भएको छ । जिल्लाको सदरमुकाम समेत रहेको नगरका सबै वडामा ईन्टरनेट सेवा विस्तार भएको हो । यसअघि सबै वडा इन्टरनेटको पुहँच थिएनन् ।

नगरपालिकाले यसपटक नगरका सबै वडामा इन्टरनेट सेवा विस्तार गरेको छ । खप्तड नेट प्रा.ली संग सहकार्य गर्दै नगर सबै वडामा ईन्टरनेट सेवा विस्तार गरेको नगरपालिकाले जनाएको छ ।

यसअघि कुनै कुनै वडामा ईन्टरनेट सेवा नहुदाँ अनलाई प्रणालीबाट दर्ता गर्नुपर्ने घट्ना दर्ता कार्य कागजी प्रक्रिया मार्फत भईरहेको थियो नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत खकेन्द्र सोडारीले भने अहिले सबैवडा ईन्टरनेटको पहुँचमा पुगेका छन् अब सबै वडामा अनलाईन मार्फत काम सुरु भएको छ ।

यस्तै योजनाको काम समेत अब वडा बाटै सुरु हुने र वडा १३ बस्ति बाट उक्त कार्य सुरु भएको अधिकृत सोडारीले बताए।

मंगलबार मंगलसेन नगरपालिका वडा नम्वर १३ मा औपचारीक रुपमा पूर्ण अनलाईन प्रणालीबाट घट्ना दर्ता कार्य सुरु भएको छ । नगरपालिकाका सबै भन्दा टाढा र दुर्गमा रहेको वडा ईन्टरनेट पहुँच संग जोडिएसंगै घट्ना दर्ता कार्य पूर्ण रुपमा अनलाईन मार्फत सुरु भएको हो ।

अनलाईन प्रणालीबाट घटना दर्ता कार्य प्रारम्भ भएसंगै वडा अध्यक्ष प्रेम बहादुर थापा सेवाग्राहीलाई जन्मदर्ता प्रमाणपत्र हस्तान्तरण गर्दै वडामा अनलाईन प्रणाली सुभारम्भ भएको घोषणा गरे ।

नगरको सबैभन्दा बिकट वडा वडा नम्वर १३ वस्तीमा पनि पूर्ण अनलाईन माध्ययमबाट घट्ना दर्ता कार्य सुरु भएसंगै लगभग सबै वडा अनलाईनको पहुँचमा पुगिसकेको र बाँकी रहेका वडालाई पनि तत्काल अनलाईन प्रणालीमा लगिने नगरपालिकाले जनाएको छ ।

खप्तड नेट प्रा.ली.ले अछाम सहित सुदूरपश्चिमका सबै पहाडी जिल्लामा सर्वसुलभ दरमा ईन्टरनेट सेवा प्रदान गर्ने लक्ष्इ लिएको प्रा.लीका अध्यक्ष खेमराज ढुंगानाले बताए ।

प्रा.ली.ले यसअघि जिल्लाको साँफेबगर नगरपालिकाका सबै वडा र स्वास्थ्य चौकीमा समेत ईन्टरनेट सेवा प्रदान गरिसकेको छ ।