मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कांग्रेस १४ औँ महाधिबेशन : प्रदेश र ६ दशक पछि केन्द्रमा अछामको दरबिलो उपस्थिती

कांग्रेस १४ औँ महाधिबेशन : प्रदेश र ६ दशक पछि केन्द्रमा अछामको दरबिलो उपस्थिती

१४ औँ महाधिबेशन कांग्रेस अछामका लागि कोषे ढुंगा : नेता तिमिल्सैना


‘६२ बर्षे लामो ईतिहास तोड्दै पूर्व मन्त्री शाह बने कांग्रेस केन्द्रिय सदस्य’

अछाम । नेपाली कांग्रेसको ७५ बर्षे ईतिहासमा अछाम जिल्लाबाट दोश्रो पटक केन्द्रमा प्रतिनिधित्व भएको छ । कांग्रेस अछामले ६२ बर्ष पछि दोश्रो पटक केन्द्रिय सदस्य पाएको छ ।

कांग्रेस अछामबाट पूर्व सुचना तथा संचार राज्य मन्त्री गोविन्द बहादुर शाह केन्द्रिय सदस्यमा निर्वाचित भएसंगंै कांग्रेस अछामको केन्द्रमा उपस्थिती भएको हो । उनले खस आर्य समुहबाट २ हजार १४ मत सहित बिजयी हासिल गरे ।

यो नेपाली कांग्रेस अछामको ईतिहासमा केन्द्रमा दोश्रो पटक हो । २०१७ बैशाख २५ देखी २५ सम्म भएको ७ औँ महाधिबेशनमा यसअघि नेपाली कांग्रेसका ८ औँ केन्द्रिय महाधिबेशनमा अछामबाट दिल बहादुर बुढथापा केन्द्रिय सदस्य भएका थिए ।

त्यसपछि ६२ बर्षे लामो ईतिहासमा अछाम जिल्लाबाट कुनै पनि नेता केन्द्रमा पुग्न सकेका थिएनन् । अछामका लागि सबै भन्दा ठुलो पद भनेको जिल्ला सभापती मात्रै थियो । नेता शाहले त्यसको अन्त्य गर्दे नयाँ ईतिहास कायम गरेका छन् ।

नेपाली कांग्रेस अछामको ईतिहासमा केन्द्रमा पुग्ने उनि दोश्रो नेता हुन् । शाहको केन्द्रमा उपस्थितीले अछामी कांग्रेसको शिर उच्च बनाएको छ । उनी केन्द्रिय सदस्य निर्वाचित भएपछि अछामका समग्र पार्टी राजनिति र अन्य सामाजिक कार्य तथा विकास निर्माणमा समेत बल पुग्ने अपेक्षा गरिएको छ ।

कांग्रेस अछामको नेतृत्वमा पुगेका नेताहरु त्यो भन्दा माथि पुग्न सकेका थिएनन् । कांग्रेस केन्द्रले अछामलाई हेर्ने दृष्टिकोणमा समेत अब परिर्वतन आउने छ । १४ औँ महाधिबेशनमा कांग्रेस अछामले केन्द्र पछि प्रथम सुदूरपश्चिम प्रदेश अधिबेशनमा समेत आफ्नो दरविलो उपस्थिती देखाएको छ ।

सुदुरपश्चिम प्रदेश अधिबेशनबाट एक महामन्त्री, एक सहमहामन्त्री, ४ जना प्रदेश सदस्य निर्वाचित भएका छन् । प्रदेश महामन्त्रीमा कांग्रेस अछामका पूर्व पार्टी सभापती मेघराज खड्का ६ सय ३५, सहमहामन्त्रीमा महासमिती सदस्य युवा नेतृ अम्बिका चलाउने ६ सय ८८ र सदस्यहरुमा महिलाबाट अनुराधा स्वाँर, दलित महिलाबाट रुपा आउजी, भुगोलबाट तुला साँउद र खसआर्यबाट भक्त ठकुल्ला निर्वाचित भए ।

१४ औँ महाधिबेशन अछामका लागि सुखद क्षण हो : प्रदेश सहमहामन्त्री चलाउने ।

अम्बिका चलाउने

भुगोलका हिसाबले सुदूरपश्चिमका ९ जिल्लामा कैलाली र कञ्चनपुर पछि दुईवटा निर्वाचन क्षेत्र भएको अछाम जिल्लाले पार्टीमा बलियो उपस्थिती बनाएको भन्दै नवनिर्वाचित सहमहामन्त्री अम्बिका चलाउने यसपटक लामो समयपछि अछामले ईतिहास रचेको बताईन् ।

कांग्रेस अछामको लामो ईतिहासमा कोही पनि नेता यसअघि केन्द्रिय समितिमा पुग्न नसकेको स्मरण गर्दै चलाउनेले १४ औँ महाधिबेशन पछिको क्षणलाई सुखद रुपमा लिनु पर्नेमा जोड दिईन् । समाबेशीका हिसावले पनि महिला ३ जना दलित महिला एक जना सहित प्रदेश समितीमा पुगेका छन् उनले भनिन् कांग्रेस अछामका लागि मात्र नभई समग्र अछाम जिल्लाका लागि यो सुखद क्षण हो ।

प्रदेशमा कार्यकारी पद र केन्द्रमा समेत लामो समयपछि अछामको उपस्थितीलाई प्रगतीका रुपमा लिनुपर्ने उनि भन्छन् पार्टी संगठनका साथसाथै अब समग्र अछामको जिल्लाको विकास निर्माण, सामाजिक रुपान्तरण र अछामका सवाललाई राष्ट्रियीकरण गर्न सहज हुनेछ ।

यसअघि राष्ट्रिय राजिनितिमा अछामबाट पार्टीका नेताको प्रतिनिधित्व नहुदाँ एक प्रकारको नैरष्यता आएपनि अब त्यसको अन्त्य भएको सहमहामन्त्री चलाउनेको दाबी छ ।

राष्ट्रिय राजनितिमा केन्द्र संग अछामको सिधैँ पहुँच जोडिएको छ उनले भनिन् यसअघि अरुको भरमा अछामका सवालमा बोल्न लगाउनु पर्ने स्थितीको अन्त्य भएको छ । यो संगै अछाम कांग्रेसलाई संगठन मजबुत बनाउने अवसर समेत प्राप्त भएको उनको बुझाई छ ।

केन्द्रमा अछामको प्रतिनिधित्व नुहदाँ अछाम कांग्रेसले गरेको भुमिकाका बारेमा केन्द्रलाई जानकारी थिएन अब अछामको उपस्थितीले जिल्लाको पार्टीगत र अन्य वस्तु स्थितीका बारेमा कुरा राख्न र पहल गर्न सहज हुने उनको बुझाई छ । अछामबाट प्रतिनिधित्व गर्नेले अब हाम्रो आवाज बोल्छन् र केन्द्रले जिल्लालाई हेर्ने दृष्टिकोण पनि सकरात्मक हुनेछ ।

अब अछामको आवज सानेपामा सुनिनेछ : महाधिबेशन प्रतिनिधी तिमिल्सैना ।

बेदप्रकाश तिमिल्सैना

१४ औँ महाधिबेशन सम्म आईपुग्दा जिल्ला भन्दा बाहिर पहिलो पटक कांग्रेस अछामले गर्भिलो उपस्थिती देखाएको कांग्रेस अछामका नेता महाधिबेशन प्रतिनिधी बेदप्रकाश तिमिल्सैनाले बताए । अछामका लागि ६२ बर्ष सम्म सबैभन्दा ठुलो पद जिल्ला सभापती मात्रै भएको भन्दै युवा नेता तिमिल्सैनाले मरुभुमीमा पानी खोज्नु जत्तिकै अछामी कांग्रेसजनका लागि केन्द्रिय सदस्यको खोजी भएको स्मरण गरे ।

कांग्रेसबाट अछामले हालसम्म एक पटक मात्रै मन्त्री पाएको भन्दै नेता तिमिल्सैनाले यो पटक अछामले ६२ बर्षे ईतिहासमा केन्द्र र प्रदेशमा आफ्नो दरबिलो र गर्विलो उपस्थिती देखाएकोमा खुशी व्यक्त गरे ।

१४ औँ महाधिबेशन अछाम कांग्रेसका नेतृत्व विकास क्रम र सहभागिताको लागि पार्टी भित्रको उपस्थितीमा एक प्रकारको कोषे ढुंगा सावित भएको नेता तिमिल्सैनाको भनाई छ । एक अर्को प्रसंगमा सुदूरआजलाई प्रतिक्रिया दिदै नेता तिमिल्सैनाले भने केन्द्रमा हाम्रो नेतृत्व विकास क्रमको रफ्तार कम भएको कारण ६१ बर्ष कुर्न पर्यो ।

अछामका हरेक सवाल अब केन्द्रमा पुग्ने र ति सवालको सुनुवाईका लागि नव निर्वाचित केन्द्रिय सदस्य नेता गोविन्द शाहले पहल गर्ने नेता तिमिल्सैनाको बिश्वास छ । उहाँ किशुन जिको चेला हुनुहन्छ, सान्त स्वभाव र संगठनका लागि सर्मपित मान्छे हो तिमिल्सैनाले भने समग्रमा भन्नु पर्दा अब अछामको आवज सिधै सानेपामा सुनिनेछ ।