मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल लाइफ ‘देशकै नम्बर १’ बीमा कम्पनी भएको दाबी

नेपाल लाइफ ‘देशकै नम्बर १’ बीमा कम्पनी भएको दाबी

सुदूर आज

काठमाण्डाै – नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफूलाई जीवन बीमाकाे क्षेत्रमा ‘देशकै नम्बर १’ जीवन बीमा कम्पनी भएको दाबी गरेको छ । नेपाल लाइफले पत्र पत्रिका, आफ्ना सामाजिक सञ्जाललगायत सञ्चारमाध्यममार्फत ‘नेपालकै नं. १ अभियान’ सार्वजनिक गरी तथ्य परक प्रमाणहरू प्रस्तुत गर्दै याे दाबी गरेको हो ।

कम्पनीले प्रस्तुत गरेका तथ्य परक जानकारीहरूका अनुसार आ.व. २०७८/७९ को पहिलो त्रैमास अन्त्यसम्म कम्पनीसँग ११८.७६ अर्ब रुपैयाँको सर्वाधिक जीवन बीमा कोष, २९ लाख ८३ हजार १६ सर्वाधिक बीमालेख जारी, ४०.५० अर्ब रुपैयाँको सर्वाधिक दाबी भुक्तानी, ७.१९ अर्ब रुपैयाँको सर्वाधिक चुक्ता पुँजी रहेको छ ।

साथै धेरैजसाे सूचकाङ्कले नेपाल लाइफ जीवन बीमा क्षेत्रमा अब्बल सावित भएको कम्पनीले जनाएको छ । नेपाल लाइफ इन्स्योरेन्सले नागरिकमा जीवन बीमाको महत्त्वका बारे सचेतना जगाउने उद्देश्यका साथ आज मङ्गलवार पुस ६ गतेदेखि नेपालकै नं. १ अभियान सार्वजनिक गरिएको कम्पनीका कार्यवाहक प्रमुख कार्यकारी अधिकृत सुशीलकुमार चौधरीले बताए ।

अभियानमार्फत कम्पनीलाई याे उचाइसम्म पुर्‍याउन उल्लेख्य सहयोग तथा सहकार्य पुर्‍याएका शेयर होल्डर्स, कर्मचारी, अभिकर्तालगायत प्रत्यक्ष/परोक्षरूपमा भूमिका खेल्ने सरोकारवालाहरूलाई धन्यवादका साथै कृतज्ञता ज्ञापन गर्नु पनि यसको उद्देश्य रहेको उनले जानकारी दिए । 

याे योजनामार्फत कम्पनीले हात पारेको यो उचाइलाई भविष्यमा पनि निरन्तरता प्रदान गर्न उल्लेख्य सहयोग मिल्नेप्रति कम्पनी विश्वस्त रहेको नेपाल लाइफका कार्यवाहक प्रमुख कार्यकारी अधिकृत चौधरीले बताए ।