मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कांग्रेस १४ औँ महाधिबेशन : क्षेत्र नं. १ अछाममा महाधिबेशन प्रतिनिधीको मत परिणाम सार्वजनिक

कांग्रेस १४ औँ महाधिबेशन : क्षेत्र नं. १ अछाममा महाधिबेशन प्रतिनिधीको मत परिणाम सार्वजनिक


अछाम । नेपाली कांग्रेस क्षेत्र नं. १ को महाधिबेशन प्रतिनिधीको मत परिणाम सार्वजनिक भएको छ । १४ औँ महाधिबेशन अन्र्तगत हिजो भएको मतदानको परिणाम सार्वजनिक भएको हो ।

महाधिबेशन प्रतिनिधीको खुल्ला तर्फ सबै भन्दा बढी मत ल्याएर बर्तमान पार्टी सभापती भरत कुमार स्वाँर बिजयी भएका छन् । उनले ४ सय ६१ मत प्राप्त गरे ।

दोश्रोमा नेविसंघ अछामका अध्यक्ष युवा नेता नृप बहादुर साँउद ४ सय ५३ मत ल्याएर बिजयी भए । उनले पूर्व मन्त्री गोविन्द बहादुर शाहलाई पछि पारे । तेश्रो स्थान आएका पुर्व मन्त्री शाहले ४ सय ३० मत प्राप्त गरे ।

पूर्व पार्टी सभापती मेघराज खड्काले चौथो नम्बरमा ४ सय २८, पाँचौमा राजन कुवँरले ४ सय १६, टिकाराम खनाल ३ सय ८८, भक्त ठकुल्ला ३ सय ६०, कृष्ण कुवँर ३ सय ४१, राजेन्द्र बहादुर शाह, ३ सय ३८ र राजेन्द्र कुवँरले ३ सय मत प्राप्त गरेर बिजयी भए ।

यस्तै महिला खुल्ला तर्फ सबैभन्दा बढी अनुराधा स्वाँरले ४ सय ६८, दोश्रोमा भुवनेवर िशर्मा ४ सय २९, तेश्रोमा माया कुवँर ३ सय ७३ र चौथोमा लक्ष्मी शाहले ३ सय ४६ मत प्राप्त गरेर बिजयी भए ।

खस आर्य तर्फ पुरुषमा सबैभन्दा बढी ४ सय ९ मत ल्याएर तपेन्द्र खड्का बिजयी भए । यस्तै दोश्रोमा जयन्द्र बहादुर स्वाँर ३ सय ६४, तेश्रोमा पूर्व आईजिपी मोतिलाल बोहरा ३ सय ४१ र चौथोमा हर्ष प्रसाद भट्ट १ सय ७९ मत ल्याएर बिजयी भए ।

यस्तै खस आर्य महिला तर्फ सबैभन्दा बढी ४ सय १८ मत ल्याएर अप्सरा कुवँर बिजयी भईन् भने दोश्रोमा भगवती खनाल ४ सय ९ मत र तेश्रोमा मिरा देवि खड्का २ सय ९० मत ल्याएर बिजयी भए ।

यस्तै दलित तर्फ खुलामा सबै भन्दा बढी ४ सय ५४ मत ल्याएर अर्जुन ताम्राकार बिजयी भए भने दोश्रोमा डम्बर बहादुर सुनार ३ सय ५३ मत ल्याएर बिजयी भए ।

यस्तै दलित महिला तर्फ रुपा आउजी ४ सय १५ मत ल्याएर बिजयी भईन् ।

गएको ६ गते भएको निर्वाचनमा खसेको मत भन्दा बढी मत पत्र भेटिएको भन्दै १३ गते पुन मतदान भएको मत परिणाम सार्वजनिक भएको हो । जम्मा ७ सय ६४ मतदाता रहेकोमा ७ सय १४ मत खसेको थियो ।

क्षेत्रिय कार्य समितीको मतगणना भने आज हुने निर्वाचन समितीका झनकराज जोशीले बताए ।