मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

यूरोपमा कोभिडका कारण थप सात लाखको मृत्यु हुन सक्ने डब्ल्यूएचओको चेतावनी

यूरोपमा कोभिडका कारण थप सात लाखको मृत्यु हुन सक्ने डब्ल्यूएचओको चेतावनी

सुदूर आज

बीबीसी । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले कोभिडका कारण यूरोप र एसियाका केही भागमा आउँदो मार्चसम्म थप सात लाख मानिसको मृत्यु हुन सक्ने चेतावनी दिएको छ । 

डब्ल्यूएचओले यूरोप क्षेत्रमा राखेका ५३ देशमा कोभिडका कारण १५ लाख भन्दा बढी मानिसको मृत्यु भइसकेको छ । 

सन् २०२२ को मार्चसम्म तीमध्ये ४९ देशका सघन उपचार कक्षमा ‘उच्च वा चरम’ दवाब हुने डब्ल्यूएचओको चेतावनी छ । 

यूरोपले बढ्दो कोभिड संक्रमणको सामना गरिरहेको छ । संक्रमण बढेपछि अष्ट्रिया पूर्ण लकडाउनमा फर्किएको छ । अन्य देशले पनि ताजा मापदण्डको बारेमा योजना बनाइरहेका छन् । 

फ्रान्स, जर्मनी र ग्रीस लगायतका थुप्रै देशहरूले चाँडै नै बुस्टर मात्रा पनि लगाएकालाई पूर्ण खोप लगाएको मानिने व्यवस्था गर्न लागेका छन् । 

तर, नयाँ मापदण्डको विरुद्धमा थुपै्र देशमा व्यापक विरोध भइरहेका छन् । नेदरल्याण्डले आंशिक लकडाउन गरेपछि केही रात हिंस्रक प्रदर्शनहरू भएका थिए । 

डब्ल्यूएचओको प्रतिवेदनमा यूरोप क्षेत्रमा कोभिड मृत्युको मुख्य कारण बनेको बताइएको छ । 

“अहिलेको प्रवृतिको आधारमा अर्को बसन्तसम्म कुल मृत्यु २२ लाख पुग्ने अनुमान गरिएको छ”, डब्ल्यूएचओले बताएको छ । 

पुष्टि भएका कोभिड सम्बन्धी मृत्यु हालै दोब्बर भएर दैनिक लगभग ४२ सय पुगेको छ । रुसमा मात्रै दैनिक १२ सय जनाको मृत्यु भइरहेको छ । 

खोप नलगाएका मानिसको ठूलो संख्या र केही देशमा डेल्टा भेरियन्टको कारण मृत्यु दर बढेको डब्ल्यूएचओले बताएको छ । 
डब्ल्यूएचओका यूरोप निर्देशक डा. हान्स क्लुगले खोप नलगाएकालाई लगाउन आग्रह गरेका छन् । 

“अनावश्यक वियोग र जीवनको क्षति एवं यो हिउँदमा समाज र व्यवसायमा हुनसक्ने थप संकटलाई रोक्न सहयोग गर्नु हामी सबैको अवसर र जिम्मेवारी छ”, उनले भने । 

डब्ल्यूएचओको यूरोप क्षेत्रमा यूरोपेली राष्ट्रहरूका साथै इजरेल, ताजिकिस्तान र उज्बेकिस्तान जस्ता देशलाई राखेको छ ।