मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

एमाले महाधिवेशनमा एआईजीको कमान्डमा एक हजार प्रहरी परिचालन

एमाले महाधिवेशनमा एआईजीको कमान्डमा एक हजार प्रहरी परिचालन

सुदूर आज

काठमाडौं । नेकपा (एमाले)को शुक्रबारदेखि चितवनमा हुन लागको दशौँ राष्ट्रिय महाधिवेशनमा प्रहरी एआईजीको कमान्डमा सुरक्षा टोली खटाइने भएको छ ।

एआईजी सहकुलबहादुर थापाको कमान्डमा सुरक्षा व्यवस्थापन गरिने प्रहरी प्रवक्ता एसएसपी वसन्त कुवँरले जानकारी दिए ।

उनका अनुसार महाधिवेशन सुरक्षामा एक हजारभन्दा बढी प्रहरी खटिनेछन् । यसबाहेक सशस्त्र प्रहरीको टोली पनि हुनेछ ।

सुरक्षामा वागमती प्रदेश प्रहरी, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका डीआईजी खटिने र समग्र कमान्ड एआईजी थापाले गर्ने प्रवक्ता कुँवरले जानकारी दिए । एमाले महाधिवेशन यही मंसिर १० देखि १२ गतेसम्म चितवनमा हुँदै छ ।