खेलकुद

तेस्रो बान्नीगढी प्रिमियर लिग क्रिकेट प्रतियोगितामा ३ टिम बाहीरिए

अछाम : कालिकाको थालाकोट खेलमैदानमा जारी तेस्रो बान्नीगढी प्रिमियर लिग क्रिकेट प्रतियोगिताको तेस्रो दिन विहीवार ३ टिम प्रतियोगिताबाट बाहीरिएका छन ।

लिग चरणका दुईटै खेलमा पराजित भएपछी मंलासैनी युवा क्लब ओलिगाउ र नन्दा माध्यामिक विद्यालय कालिका र बाई टिमको रुपमा रहेको दर्नाले खेल नखेली वाक ओभर दिएपछी ३ टिम प्रतियोगिताबाट बाहीरिएका हुन ।

बिहिवार आज सम्पन्न खेलमा आयोजक कालिका युवा संञ्जाल बान्नीगढी ५, टँक स्मृती युवा क्लब जुपु र दिपक युवा क्लब कालिका विजयी भएका छन ।

प्रतियोगितामा आयोजक कालिका र दिपक युवा क्लब स्पष्ट २ जित निकाल्न सफल भएपछी दोस्रो चरणमा प्रवेश गरेका छन । प्रतियोगिताको चौथो दिन भोली प्रतियोगितामा कुनैपनी खेल नहुने आयोजकले जनाएको छ ।

बान्नीगढी जयगढ गाउपालिकाको वडा नम्बर १ गाज्रामा डौठेगठा दशैँ मेलालाई मध्येनजर गर्दै १ दिनलाई खेल रोक्ने निर्णय भएको आयोजक कमिटीका खेम रावलले जानकारी दिए ।

प्रतियोगितामा प्रथम हुने टिमले नगद १ लाख ३१ हजार सहीत कप, मेडल र प्रमाणपत्र तथा दोस्रो हुने टिमले नगद ६० हजार सहीत कप, मेडल र प्रमाणपत्र हात पार्नेछ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

टी–२० विश्व कप एसिया छनाेट : मलेसियालाई हराउँदै नेपाल शीर्ष स्थानमा
किन विशेष बन्दैछ यो वर्षको सहिद स्मारक ‘ए’ डिभिजन लिग?
थालाकोट जारी क्रिकेट प्रतियोगितामा बुधबार ३ खेल सम्पन्न
यु–१९ राष्ट्रिय क्रिकेट प्रतियोगिता मंसिर ४ गतेबाट