मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सांसद थापाको पहलमा अछामकी एक घाईते महिलाको हेलिकप्टर मार्फत उद्धार

सांसद थापाको पहलमा अछामकी एक घाईते महिलाको हेलिकप्टर मार्फत उद्धार

सुदूर आज

अछाम । माननिय अम्बी कुमारी थापाको पहलमा एकजना बिरामीको उद्धार गरिएको छ । सुदूर पश्चिम प्रदेश सभा सदस्य थापाको पहलमा अछाम जिल्लाको कमलबजार नगरपालिकाकी एक घाईते महिलाको उद्धार गरिएको हो ।

रुखबाट लडेर गम्भिर घाईते भएकी कमलबजार नगरपालिका वडा नं. ४ चाल्साकी बिष्णा देबी थापाको उद्धार गरिएको हो ।

घाँस काट्ने क्रममा रुख बाट लडेर गम्भिर घाईते भएकी अन्दाजी ५० बष्र्षियाा थापाको नेपाली सेनाको हेलिकप्टर मार्फत कोहलपुर लगिएको साँसद थापाले बताईन् ।

अवस्था गम्धिर भएपछि उनको गृह मन्त्रालयको पहल र सुदूरपश्चिम प्रदेश सरकार कानुन मन्त्रालयको आर्थिक सहयोग मार्फत उद्धार गरिएको उनले बताईन् ।

हेलिकप्टर मगाउन प्रमुख जिल्ला अधिकारीको समेत सहयोग रहेको उनले बताईन् । घाईते थापाको अहिले कोहलपुर मेडिकल कजेलमा उपचार भईरहेको छ ।

थापाका ३ छोरी १ छोरा र श्रीमान छन् ।