मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

यूनियन लाइफ इन्स्योरेन्स कम्पनीद्वारा मृत्युदाबी रकम भुक्तानी

यूनियन लाइफ इन्स्योरेन्स कम्पनीद्वारा मृत्युदाबी रकम भुक्तानी

सुदूर आज

अछम : यूनियन लाइफ इन्स्योरेन्स कम्पनीले मृत्युदाबी रकम भुक्तानी गरेको छ । बान्निगढी गा पा -६ दर्ना पाटेखेत बस्ने जशुता थापा को २०७८ असोज ६ गते १ दिनको बिरामिले उपचार गर्ने लिने क्रममा ज्यान गुमाएकि हुन ।

यूनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड मंगलसेन शाखाबाट १ लाखको साबधिक जीवन बिमा गरेका जासुताको मृत्यु पश्चात योजना मार्फत रकम १ लाख ११हजार ७ सय निजकै श्रीमान गणेश बहादुर थापा लाइ कम्पनीका मंगलसेन शाखाप्रमुख पंकज बहादुर साउद तथा अभिकर्ता बिमला कुमारी भन्डारी ले संयुक्त रुपमा हस्तान्तरण गरेका हुन।

चेक हस्तान्तरण कार्यक्रमपछि मंगलसेन शाखा प्रमुख बोल्दै बिमा मानिसको लागी अनिवार्य भएको धारणा ब्यक्त गरे र यसरी यूनियन लाइफ इन्स्योरेन्स कम्पनीले मृत्यु दावी भुक्तानीको चेक हस्तान्तरण गरेकोमा मृत्तक का परिवार खुशी ब्यक्त गर्नुका साथै छिटो छरितो सेवा दिएकोमा कम्पनी तथा कर्मचारीहरुलाई हृदय देखि नै धन्यवाद दिए ।

यसै गरि साउद ले पनि बिमाको महत्वबारे प्रकास पारेको कार्यक्रमको प्रस्तुतीकरण मंगलसेन शाखा का कर्मचारी टंक बोहरा ले गरेका थिए ।