मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मंसिर ३ मा चन्द्र ग्रहण लाग्ने

मंसिर ३ मा चन्द्र ग्रहण लाग्ने


काठमाडौं- मंसिर ३ गते शुक्रबार चन्द्र ग्रहण लाग्ने भएको छ। अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले १९ नोभेम्बरमा चन्द्र ग्रहण लाग्ने जनाएको हो।

उक्त समयमा पृथ्वी सूर्य र चन्द्रमाको बीचमा रहने बताइएको छ। ग्रहण दिउँसो साढे एक बजे पीकमा रहने बताइएको छ।

यस अवस्थामा पृथ्वीले चन्द्रमाको रोशनीलाई छेक्ने बताइएको छ। खगोलविद्का अनुसार यस समयमा चन्द्रमाको रंग रातो देखिने छ।

नासाका वैज्ञानिकले यसलाई निकै लामो चन्द्र ग्रहण भएको बताएका छन्। तीन घन्टा २८ मिनेट २३ सेकेन्डसम्म ग्रहणको प्रभाव रहने बताइएको छ।

वैज्ञानिकले २००१ देखि २०२१ को बीचमा यो निकै लामो चन्द्र ग्रहण भएको बताएका छन्।

भारतको असम, अरुणाचल प्रदेश, उत्तरी अमेरिका, मेक्सिको, अस्ट्रेलिया, पूर्वी एसिया र उत्तरी यूरोपका देशबाट चन्द्र ग्रहण देख्न सकिने छ।