मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

जलवायु सम्मेलनमा राष्ट्र सङ्घका महासचिवकाे चेतावनी– ‘हामी आफ्नाे चिहान खनिरहेका छाैँ’

जलवायु सम्मेलनमा राष्ट्र सङ्घका महासचिवकाे चेतावनी– ‘हामी आफ्नाे चिहान खनिरहेका छाैँ’


काठमाण्डाै – संयुक्त राष्ट्र सङ्घका महासचिव एन्टाेनियाे गुटेरेसले मानिसले आफ्नाे चिहान आफैँ खनिरहेकाे बताएका छन् ।  

आज साेमवार राष्ट्र सङ्घका महासचिव गुटेरेसले ग्लास्गाेमा विश्व जलवायु सम्मेलन (काेप २६) लाई सम्बाेधन गर्दै यस्ताे बताए । उनले जीवाश्म इन्धनप्रति हाम्राे लतले मानवतालाई विनाशतर्फ धकेलिरहेकाे बताए । 

महासचिव गुटेरेसले भने, अब या त हामीले यसलाई राेक्नुपर्छ या त यसले हामीलाई राेक्छ । अब याे भन्ने समय आएकाे छ कि याे निकै भइसकेकाे छ, आफैँलाई कार्बनले मार्ने क्रम निकै चल्याे, प्रकृतिलाई शाैचालय जसरी प्रयाेग गरेकाे धेरै भयाे, हामी आफ्नाे चिहान आफैँ खनिरहेका छाैँ । 

जलवायु परिवर्तनसम्बन्धी पक्ष राष्ट्रहरूको २६ औँ सम्मेलन (कोप २६) स्कटल्यान्डकाे ग्लास्गोमा हिजाेदेखि औपचारिक समाराेह सुरु भएकाेमा आजदेखि विश्व नेताहरूले छलफल र बहसकाे काम सुरु गरेका हुन् । जलवायु परिवर्तनलाई नियन्त्रण गर्नका लागि यस सम्मेलानलाई महत्त्वपूर्ण ठानिएको छ । 

झन्डै दुई सय देशका २० हजार प्रतिनिधि ग्लास्गाेमा जलवायु परिवर्तन सम्मेलनमा भाग लिँदै छन् । यसका लागि ठूलाे सङ्ख्या जलवायु परिवर्तनका विशेषज्ञ, कार्यकर्ता र पत्रकार पनि ग्लास्गाेमा छन् ।