मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

१४ दिन देखि अज्ञात तिमिल्सैनाको शब रहस्यमय तरिकाले गैरिटाँडमै भेटियो

१४ दिन देखि अज्ञात तिमिल्सैनाको शब रहस्यमय तरिकाले गैरिटाँडमै भेटियो

सुदूर आज

शब भेटिएको स्थान : फोटो पत्रकार नमराज भण्डारी

अछाम । १४ दिन देखि अज्ञात रहेका अछामका एक पुरुषको शब भेटिएको छ ।

जिल्लाको कमलबजार नगरपालिका वडा नं. ५ कुईका ३४ बर्षिय रेशमराज तिमिल्सैनाको शब भेटिएको हो । १४ दिन सम्म नेपाल प्रहरीको सबै सयन्त्र लगाएर खोजी कार्य गरिएपनि तिमिल्सैनाको अवस्था अज्ञात रहेको थियो ।

गएको कार्तिक २ गते गैरिटाँडबाट बेपत्ता भएको भनिएका तिमिल्सैनाको लास १४ दिन पछि कमलबजार नगरपालिका ६ गैरिटाँड बजार नजिकै बाँसको झारीमा भेटिएको त्यहाँ रहेका नेपाल पत्रकार महासंघ जिल्ला शाखा अछामका सहसचिव नमराज भण्डारीले सुदूरआजलाई जानकारी दिए ।

उनका अनुसार शब बाँसको झारीमा भेटिएको छ, अहिले अछाम जिल्लाका प्रहरी प्रमुख तुल्सीराम अर्याल सहितको टोली गैरिटाँड पुगेको छ उनले भने तिमिल्सैनाका आफन्त संग प्रहरीको छलफल भईरहेको छ । यस अघि प्रहरीले अनुसन्धानका लागि होटलका ३ जनालाई नियन्त्रणमा लिएको थियो ।

आफन्त आक्रोशित, गैरिटाँडमाचक्का जाम

तिमिल्सैनाका आफन्त अहिले आक्रोशित भएर गैरिटाँड बजार बन्द गरेका छन् भने बाटो समेत चक्का जाम गरेका छन् । आफन्त र स्थानिय मिलेर चक्का जाम गरिएको छ ।

रहष्यमय तरिकाले घट्ना भएको भन्दै उनिहरु आक्रोशित भएको पत्रकार भण्डारीले बताए । शब फेला परको स्थानमा प्रहरीले कसैलाई जान दिएको छैन् उनले भने ।

काठमाण्डौँ बाट समेत अनुसन्धानको टिम अछाम आएर खोजी कार्य भएपनि १३ दिनसम्म तिमिल्सैनाको अवस्था पत्ता लागेको थिएन् । तर आज तिमिल्सैना बसेकै ठाँउ नजिकै उनको शव फेला पर्नुले रहष्यमय तरिकाले घट्ना भएको परिवारले आरोप लगाएका छन् ।

असोज ३१ गते मंगलसेनबाट घर फर्किने क्रममा गैरिटाँडकै एक होटलमा बसेका रेशम तिमिल्सैना बेपत्ता भएको भनिए पनि गैरिटाँडमै उनको शब फेला पर्नुले अवस्था अज्ञात रहेको घट्ना प्रस्ट भएको आफन्तको भनाई छ ।

आन्दोलित आफन्तले गरेका चक्का जाम : फोटो पत्रकार नमराज भण्डारी
आन्दोलित आफन्तले गरेका चक्का जाम : फोटो पत्रकार नमराज भण्डारी